Comments Add Comment

सिद्धिचरणका मेयरको पहिलो कामः सांसदलाई साक्षी राखेर भ्यू टावर शिलान्याश

२१ असार, ओखलढुंगा । ओखढुंगाको सिद्धिचरण नगरपालिकाका मेयर र उपमेयरले कार्य थालनी गरेका छन् । बुधबार बिहानै नगरपालिकाको सबैभन्दा अग्लो स्थानमा भ्यूटावर शिलान्याश गरेर उनीहरुले कार्य प्रारम्भ गरेका हुन् ।

मेयर मोहनकुमार श्रेष्ठ र उपमेयर इच्छाकुमारी गुरुङले नवनिर्वाचित वडा अध्यक्ष तथा सदस्यहरु र सांसद यज्ञराज सुनुवारलाई साक्षी राखेर भ्यूटावर शिलान्याश गरे ।

सिद्धिचरण नगरपालिका ८ लगलगेमा ‘सिद्धस्थान लगलगे भ्यूटावर’को शिलान्याशपछि मेयर श्रेष्ठले एक वर्षमा टावर निर्माण सकिने गरी काम हुने प्रतिबद्धता जनाए ।

लगलगेमा टावर निर्माण भएपछि ठीक तल रहेको सल्लेरी गाउँमा होमस्टे र सगरमाथा जाने पदमार्ग बनाउने लक्ष्य रहेको श्रेष्ठले बताए ।

सदरमुकाम नजिकै रहेको करिव २२ मिटरको उचाइमा अवस्थित लगलगेबाट पूर्वको धरानसम्म र विभिन्न हिमश्रृङ्खला अवलोकन गर्न सकिन्छ ।

पर्यटकीय स्थल घुम्न र अवलोकन गर्न टावर निर्माण गर्न आवश्यक रहेको सांसद यज्ञराज सुनुवारले बताए । उनले नगरपालिकाको अभियानमा आफूले सक्दो सहयोग गर्ने पनि बताए । हाइकिङको संभावना रहेकाले संभाव्यता अध्ययन हुनुपर्ने लगलगे पुगेका संचारकर्मीहरुले मेयरलाई सुझाव दिएका छन् ।

लगलगेबाट सदरमुकाम, रुम्जाटारदेखि पश्चिमको देम्वासम्म अवलोकन गर्न सकिन्छ भने जिल्लामा आउने पर्यटकहरुलाई लगलगे घुमाएर ओखलढुंगामा राख्न सके आर्थिक समृद्धिमा टेवापुग्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment