Comments Add Comment

अष्ट्रेलियामा ४५७ भिषाका लागि आयो नयाँ सूची

६ जुलाई, सिड्नी । अष्ट्रेलियाको अध्यागमन तथा सीमा सुरक्षा विभागले दक्ष कामदारहरुको अभाव पूर्ति गर्न ४५७ भिषा क्याटगोरीमा रोजगारदाताहरुले २०१७/०१८ मा आप्रवासी कामदार राख्न सक्ने विभिन्न पेशाहरुको सूची जारी गरेको छ ।

यस वर्षको अप्रीलमा २ सय १८ वटा पेसाहरु हटाइएपछि पुनः छाँटकाँट गरिएको संशोधित सूचीलाई दुई भागमा बाँडिएको छ । पहिलो, मध्यम तथा दीर्घकालिन र दोस्रो, अल्पकालिन दक्ष पेसा सूची ।

अस्थायी वर्क भिषा (उपबर्ग ३५७) ले नामांकित पेसा यदी ‘योग्य दक्ष पेसाहरुको संयुक्त सूची’ मा सूचीकृत छ भने चार वर्षसम्मका लागि स्वीकृत व्यवसायमा काम गर्नका लागि अष्ट्रेलियामा बस्न दक्ष कामदारहरुलाई अनुमति दिन्छ ।

यदी नामांकित पेसा मध्यम तथा अल्पकालिन रणनीतिक सीपको सूचीमा छैन भने दुई वर्षपछि यो प्रदान गरिनेछ ।

४५७ भिषा सुरक्षित गर्नका लागि आवेदक अनिवार्य रुपमा स्वीकृत व्यवसायद्वारा प्रायोजित हुनुपर्ने छ ।

व्यवसायीहरुले यदी सीपयुक्त काम गर्न अष्ट्रेलियन नागरिक वा स्थायी बासिन्दा भेट्न सकेनन् भने विदेशी कामदारहरु प्रायोजन गर्न सक्नेछन् ।
४५७ भिषामा अष्ट्रेलियामा बस्न चाहने विदेशी कामदारहरुका लागि अंग्रेजी भाषाको मापदण्ड पनि संशोधन गरिएको छ ।
आधारभूत वाषिर्क तलव ९६ हजार ४ सय डलर भएका कामदारहरुले अंग्रेजी परीक्षा दिन नपर्ने गरिएको छ ।

बेलायत, अमेरिका, क्यानाडा, न्यूजिल्याण्ड र आयरल्याण्डका नागरिकहरुका लागि पनि यस्तो छुट दिइएको छ ।

पेसाहरुको नयाँ सूची जुलाई १ बाट कार्यान्वयनमा आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment