Comments Add Comment

नेपाली युबाका सेवक : भन्छन-म सेवा गर्छु मलाई चुन्ने समाजले हो

धर्मराज अधिकारी

जुलाई, सिड्नी । उनी प्रवासमा भएका नेपाली युवाका साथी । स्कुले जीवनमा पनि अध्ययनमा तेज । डेढ दशक अघि उनको पुस्ता अस्ट्रेलिया आउन ओइरो लाग्दै गर्दा उनी पनि त्यही भिडमा आए ।

२००४ तिर अस्ट्रेलिया आएका उनको बिद्यार्थी जीवन संघर्षमय नै भयो । नेपालमा आफ्नो घरमा धेरै पाउना आउँदा चिया सर्ब गरेको बाहेक उनलाई कुनै काम गरेको अनुभव थिएन । उनले चिया सर्ब गरेका उनका पिताजीका साथी अहिले टेलिभिजनमा झुल्कदा मात्रै थाहा भयो कि ती त नेताहरुपो रहेछन । सायद उनको राजनीतिमा पनि सहभागिता तेतिनै होला । भन्छन-अस्ट्रेलिया आएपछि अध्ययन र काममा ब्यस्त भैइयो, नेपालमा हुदा पनि राजनीति बारे खासै चासो र जानकारी थिएन ।

उनी पढाई सक्दै गर्दा २०११ मा अस्ट्रेलियामा भएको मिस्टर नेपाल अस्ट्रेलियाका बिजेता बने । त्यो उनको यहाँको नेपाली समाजमा युबा को भूमिका स्थापित गर्ने पहिलो खुटि्कलो थियो । पछिल्ला वर्षहरुमा उनी आफै आयोजक भएर नेपाली युबाको प्रतिभा र उत्साहलाई प्रबर्द्धन गर्न खटे । २०१३ मा उनी एनआरएन अस्ट्रेलियाको सहसचिवमा निर्वाचित भए । समाज सेवामा उनको खटाइको निम्ति दिइएको त्यो जिम्मेवारी थियो । २०१५ मा भने उनस् निर्वाचित भएनन् । उनलाई समाजका लागि अलि बढी खट्ने प्रेरणा उनको पेसाले पनि दियो । उनी अस्ट्रेलियामा रजिस्टर्ड नर्स हुन्, र आफ्नो बिषयका बिज्ञ पनि । यहाँको चर्चित सेन्ट भिन्सेन्ट अस्पतालमा उनी जागिरे छन् । त्यो यही अस्पताल हो जहाँ नेपाली मूलका चर्चित चिकित्सक डा. कुमुद धिताल पनि कार्यरत छन् ।

उनी अस्ट्रेलियामा विद्यार्थीहरुले भोगेका समस्या समाधान गर्न उपयोगी हुने कोर्ष निर्माण गर्न आफ्ना अग्रजहरुसंग खटे । वाक फर स्टुडेन्ट वेलफेरमा अस्ट्रेलियाका विभिन्न सहर घुमे । २०१५ मा नेपालमा महाभूकम्प आउदा उनी झड्काको लागे सेवामा खटे । भूकम्प आउदा बित्तिकै तत्काल सेवामा खट्ने सम्भबत उनी पहिलो अस्ट्रेलियन एनआरएन थिए । तत्काल नेपाल आएका एनआरएनका अध्यक्ष शेष घलेको टिममा जुटे र बिरामी तथा घाइतेको सेवा मा खटे । उनी उद्दार र राहतका लागि काठमाडौं बाहिर गएर पनि दिनरात खटे ।

नेपालमा अवस्था सहज भएपछि फेरि अस्ट्रेलिया आए र भूकम्प पीडितको सेवाका लागि यहाँ पनि खटे । उनले आफू काम गरिरहेको अस्पतालका लागि गरेको एक अनुसन्धानले अमेरिकामा पुरस्कार जित्यो । पुरस्कार थाप्न उनलाई अस्पतालले अमेरिका पठायो । बिरामीको हेरचाह सम्बन्धी थियो उनको अनुसन्धान जसले अहिले उक्त अस्पतालले आफ्नो नीतिमा पनि परिवर्तन ल्याएको छ ।

उनै धर्मराज अधिकारी यसपटक पनि उम्मेदवार बनेका छन् एनआरएन अस्ट्रेलियाको राष्ट्रिय युबा संयोजक को । भन्छन-म दिनरात बिरामीको सेवामा छु , बचेको समय समाजलाई दिन्छु । नेपाली युबाले अस्ट्रेलियामा रहदा भोगिरहेका समस्या थाहा छ । समाधानका उपाए पनि छन् ।

उनी नेपालको युबा मन्त्रालय र बिश्व विद्यालयसंग सहकार्य गरेर नेपाली युवाको ब्यक्तित्व बिकासमा लाग्ने आफ्नो योजना सुनाउँछन । गत वर्ष नेपालमा भएको विश्व युबा सम्मेलनमा भाग लिएर आएपछि उनलाई अस्ट्रेलियामा भएका नेपाली युबाका लागि केही गर्न सक्ने आँट आएको थियो ।

शनिबार बिहान हुने चुनावमा उनले आफूलाई भोट हाल्न पाएनन् भने पनि अनौठो हुने छैन । ‘म पहिलो कूरा स्वास्थ्यकर्मी हु, अस्पतालले मलाई सेवामा खटायो भने मैले आफैलाई भोट हाल्नु भन्दा पहिला बिरामीको सेवामा खट्नु पर्छ,’ उनले भने-‘सेवा मेरो धर्म हो, चुनिनु मेरो जिम्मेवारी हो । सेवा म गर्छु, धर्मराज लाइ चुन्ने त समाजले हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment