Comments Add Comment

दल दर्ताका लागि राजपाले दियो आवेदन

२३ असार, काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।

शुक्रबार कान्तिपथस्थित आयोगमा पुगेर राजपाका शीर्ष नेताहरुले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । पार्टी एकता गरेका ६ दलका अध्यक्षले राजपा नेपाललाई आयोगमा अभिलेखिकरण गराउन निवेदन दिने लगायतका सम्पूर्ण काम गर्ने अधिकार महन्थ ठाकुरलाई दिएका छन् ।

राजपाले केही दिन अघि नै दल दर्ताको तयारी गरेको थियो । तर, पार्टी विधानको प्रस्तावनामा नै गजेन्द्र नारायण सिंहको नाम राख्नु पर्ने अडान राख्दै तत्कालीन सद्भावना पार्टीका अनिल झाले हस्ताक्षर नगरेपछि रोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment