Comments Add Comment

शाइन रेसुङ्गाको नयाँ कार्यालय स्थापन

२३ असार, गुल्मी । शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले नयाँ कार्यालय स्थापना गरेको छ ।

जिल्लाको सदरमुकाम तम्घासस्थित उदिनढुगांमा नयाँ कार्यालयको स्थापना गरी सेवा सुरु गरेको छ ।

सदरमुकाममा कार्यालय लय रहेता पनि छिटो छरितो सेवा प्रबाह गर्ने उदेश्यले बैकले नयाँ कार्यालय स्थापना गरेको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरी बैकले नयाँ एक्सटेन्सन काउन्टर मार्फत सेवा सुरु गरेको हो ।

बैंकका २८ वटा कार्यालय २ वटा एक्सटेन्सन काउन्टर मार्फत बित्तिय सेवा सुरु गर्दै आएको छ । हाल बैकका अधिकांश शाखाहरु ग्रामीण भेगमा रहेका छन् ।

ग्रामीण क्षेत्रमा रहेका सेवा गरहीलाई सर्बसुलभ माध्यमबाट बैकिङ्ग सेवा दिने उदेश्यले बैकले ग्रामीण क्षेत्रमा जोड दिदै आएको छ ।
बैकको हाल चालु पूँजी १ अर्ब १० करोड रहेको छ । बैकले हालसम्म निक्षेप परिचालन ९ अर्ब ८४ करोड कर्जा लगानी ८ अर्ब ६१ करोड रहेको छ ।

बैकका हाल १ करोड ५० हजार भन्दा बढी ग्राहक रहेका बैकका कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment