Comments Add Comment

दुई दिनदेखि बन्द बिन्ध्यवासिनी ताथलीको बाटो खुल्यो


२४ असार, भक्तपुर । स्थानीय एक व्यक्तिले बन्द गरेको चाँगुनारायण– ९, ताथलीको बिन्ध्यवासिनी मार्ग जाने बाटो दुई दिनपछि शुक्रबार खुलेको छ ।

नापी नक्सामा नभएको भन्दै स्थानीयवासी राम खड्काले बाँसको छेकवार लगाएर बन्द गरेको सो बाटो स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय भद्रभलादमीको रोहवरमा बाँसको अवरोध हटाएर बाटो खोलिएको हो ।

बाटो खुलाउने क्रममा सामान्य वादविवाद समेत भएको स्थानीय हरिसुन्दर छङ्काले बताए ।

सो बाटो बन्द हुँदा ताथलीको खड्का डिल, दलित टोल, बाला टोल, राउत टोलका बासिन्दा प्रभावित भएका थिए । सो मार्ग च्याम्हासिँह–नाला सडकमा जोडिएको सहायक सडक पनि हो ।

बर्खायाममा आवतजावत गर्न तथा सवारी आवागमन सहज बनाउन स्थानीय उपभोक्ताले गत बुधबार ग्राभेलिङ गरेपछि खड्काले सो बाटो बन्द गरेका थिए । सो बाटोको सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ ।

सर्वोच्चले सो बाटो यथास्थितिमा राख्नु भन्ने आदेश दिएको तर स्थानीयवासीले सो आदेशविपरित ग्राभेलिङ गरेपछि आफूले बाँस तेर्साएर बाटो बन्द गरेको खड्काले बताए ।

खड्काले बाटो बन्द गरेपछि स्थानीयवासीको अनुरोधमा वडा अध्यक्ष गणेश त्यातले प्रहरीको रोहवरमा स्थानीयवासीको उपस्थितिमा अवरुद्ध बाटो खुलाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment