Comments Add Comment

पूर्वी तराईका ३ जिल्लामा कांग्रेस पहिलो, एमाले दोस्रो

केपी ओलीकै गृहजिल्लामा एमालेको कमजोर नतिजा

२४ असार, इटहरी । स्थानीय चुनावमा पूर्वी नेपालका तीन जिल्ला झापा, मोरङ र सुनसरीबाट एमालेले अत्यधिक सीट जित्ने लक्ष राखेको थियो । तर, यी जिल्लाका समग्र ४४ स्थानमध्ये नेपाली कांग्रेस पहिलो स्थानमा आएको छ ।
अर्जुनधाराको नतिजा एमालेकै पक्षमा आउँदा पनि उसले झापामा जित्ने कुल सीट ७ मात्रै हुनेछ, जुन १५ स्थानीय तहको आधार धन्दा कम हो ।केपी ओलीको गृहजिल्ला झापाबाट एमाले बहुमत सीट जित्न सकेन । कुल १५ स्थानीय तहमध्ये एमालेले ६ स्थानमा मात्रै विजय पाएको छ । एउटा अर्जुनधारा नगरपालिकाको नतिजा आउन बाँकी छ, जहाँ एमालेले अग्रता लिइरहेको छ ।

एमालेले झापामा कम्तिमा १० सीट जित्ने लक्ष लिएको थियो । तर, कांग्रेस र राप्रपाले उसलाई आधार भन्दा कम सीटमा खुम्च्याइदिएका छन् ।

झापामा नेपाली कांग्रेसले ५ र राप्रपाले ३ स्थान जितेर एमालेलाई बहसमत पुर्‍याउनबाट रोकेका छन् । यद्यपि एमाले झापामा अरुभन्दा ठूलो दल बन्न सफल भएको छ ।
मोरङमा कांग्रेसको बहुमत

मोरङ जिल्लामा भने नेपाली कांग्रेसले बुहमत स्थानीय तहका प्रमुखमा जित हात पारेको छ । कुल १७ स्थानीय तहमध्ये कांग्रेसले ८ स्थान जितिसकेको छ ।

अब बिराटनगर महानगरपालिकामा उसको जित लगभग पक्काजस्तै देखिएको छ । बिराटनगर जितेपछि मोरङमा कांग्रैसले जितेका स्थानीय तहको संख्या ९ पुग्ने छ ।
मोरङमा एमालेले ५ स्थान जितेको छ । त्यसैगरी संघीय समाजवादी, फोरम लोकतान्त्रिक र माओवादीले मोरङमा एक एक स्थान जितेका छन् ।

जिल्लामा एमाले नेपाली कांग्रेसको तुलनामा लगभग आधा स्थानमा खुम्चिएको छ ।

सुनसरीमा एमाले ‘हाफ’

मोरङमा भन्दा सुनसरीमा एमालेको अवस्था झनै कमजोर देखिएको छ । जिल्लाका १२ स्थानीय तहमध्ये एमालेले अहिलेसम्म दुई स्थानमा मात्रै जितेको छ । धरान उपमहानगरपालिकाको मतगणना सकिएको छैन । तर, एमालेले धरानमा समेत जित्यो भने पनि जिल्लामा उसको कुल जित संख्या ३ मात्रै हुनेछ । जवकि कांग्रेसले सुनसरीमा ६ स्थानमा जितिसकेको छ ।

सुनसरीमा माओवादीले कतै पनि जितेको छैन । दुहबी र बर्जुमा फोरम लोकतान्त्रिकले जितेको छ भने भोक्राहामा संघीय समाजवादी फोरमले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment