Comments Add Comment

छोरालाई अरुको आँखा लाग्ने करिनालाई डर, चालिन् यस्तो कदम

बलिउड अभिनेत्री करिना कपुरले छोरो पाएको धेरै भएको छैन । उनको छोरा तैमुरको विषयमा धेरै समाचार मिडियामा आइसकेका छन् ।

तैमुरका तस्बिरहरु पनि मिडियाले खोजी-खोजी प्रकाशित गर्छन् । त्यसैले अहिले करिनालाई डर लाग्न थालेको छ कि कतै उनको छोरालाई कसैको आँखा लाग्ने त होइन ?

यही डरले गर्दा करिनाले हालै एक किन्नरलाई घरमै बोलाएर अरुको आँखा लाग्न नदिने एउटा परम्परागत विधि गराएकी छिन् । यो विधि गरेवापत उनले किन्नरलाई ५१ हजार भारु दिइन् ।

करिनाले हालै एक अन्तरवार्तामा खुलासा गरेकी थिइन् कि तैमुरको अनुहार कोसँग मिल्छ भनेर सैफ र उनको बारम्बार बहस भइरहन्छ । करिना तैमुरको अनुहार आफ्नो बुवा रणधीर कपुर र दिदी करिष्मा कपुरसँग मिल्छ भन्छिन् ।

यता सैफ भने यो कुरा स्वीकार्दैनन् । उनी छोराको अनुहारमा पटौंदी खानदानको लुक्स आउने दावी गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment