Comments Add Comment

थारु र मधेसी आयोगमा प्रस्तावित अध्यक्षको सुनुवाई सर्‍यो

१२ फागुन, काठमाडौं । आज बोलाइएको संसदीय सुनुवाई समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेपछि बैठक मंगलबार २ बजे बस्ने गरी स्थगित गरिएको हो ।

आजको बैठकमा थारु आयोगका अध्यक्षमा प्रस्तावित विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा प्रस्तावित विजयकुमार दत्तको सुनुवाई हुने कार्यतालिका थियो । छलफलका लागि समितिमा उनीहरुलाई बोलाइएको थियो ।

यसअघि, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग अध्यक्षमा प्रस्तावित बालानन्द पौडेल र राष्ट्रिय समावेशी आयोग अध्यक्षमा प्रस्तावित डा.शान्तराज सुवेदीको सुनुवाइ भइसकेको छ ।  तथापि, दुवैको नाम अनुमोदन गर्न/नगर्नेबारे निर्णय समितिले गरेको छैन । आजको बैठक स्थगित भएपछि चाैधरी र दत्तको सुनुवाई भने अझै लम्बिएको छ ।

मुस्लिम आयोग अध्यक्षमा प्रस्तावित समिम अन्सारीका विषयमा भने सुनुवाई समितिले अन्सारीविरुद्ध परेको उजुरीका सम्बन्धमा छलफल गरिरहेको जनाएको छ । अन्सारीको शैक्षिक प्रमाणपत्रका विषयमा सुनुवाई समितिमा उजुरी परेको थियो । उनको नागरिकता लगायतका विषयमा पनि प्रश्न उठेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने संसदीय सुनुवाइ समितिका बैठक लगातार बहिष्कार गर्दै आएको छ ।

संवैधानिक परिषदले संवैधानिक आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्दा प्रमुख प्रतिपक्षी दलको नेतालाई सहभागि नगराएको आरोप लगाउँदै कांग्रेसले सुनुवाई समितिका बैठकमा भाग नलिएको बताउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment