Comments Add Comment

होटल संघले जारी गर्‍यो स्वेतपत्र

२५ असार, काठमाडौं । होटल संघ नेपाल (हान)ले शुक्रबार होटल क्षेत्रको अहिलेको अवस्थाको बारेमा सम्पूर्ण जानकारी दिँदै स्वेतपत्र जारी गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित अर्धवाषिर्क साधारणसभाका अवसरमा संघले स्वेतपत्र जारी गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले उक्त स्वेतपत्रको बिमोचन गरेका थिए ।

सो अवसरमा बोल्दै संघका अध्यक्ष अमरमान शाक्यले काठमाडौंलगायत प्रमुख पर्यटकीय गन्तव्य पोखरा, चितवन, लुम्बिनी तथा हिमाली क्षेत्रहरुमा साना ठूला गरी सयौंको संख्यामा नयाँ होटल रिसोर्ट खुल्ने क्रम जारी रहेको र सन् २०२० सम्मा ४ हजार तारे होटलका थप कोठाहरु थपिने जानकारी दिएका छन् ।

नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदीले मुलुक राजनीतिक संक्रमणकालबाट बाहिर निस्कने क्रममा रहेको भन्दै आर्थिक विकासमा केन्ऽित हुन होटेल व्यवसायीसँग आग्रह गरे ।

सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट बोल्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूहरू सफा र सुन्दर काठमाडौं निर्माणका लागि खटिरहेको र सबै सरोकारवालासँग सहकार्य गर्न तयार रहेको बताए ।

‘हामीसँग काम गर्ने जोस र जाँगर भए पनि कानुनी तथा अन्य अड्चनले काम गर्न सकिएको छैन,’ हानको अर्धवाषिर्क साधारणसभालाई सम्बोधन गर्दै उनले भने, ‘तर, निराश हुनुपर्दैन, हामी काठमाडौंलाई विश्वकै आकर्षक पर्यटकीय सहर बनाउँछौं ।’

काठमाडौंलाई नो-माक्स सिटी र बस्न लायक सहर बनाउने योजना रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment