Comments Add Comment

बार्सिलोनामा गुञ्जँदै विनोद


१२ जुलाई, बार्सिलोना । बासुरी बाधक विनोद कटुवाल विदेशी तथा नेपाली कलाकारहरुको साथमा बार्सिलोनामा गुञ्जँने भएका छन्। विश्व कलाकार संघ स्पेनको आयोजनामा आगामी जुलाई ३० तारिखमा कटुवाल गुञ्जने भएका हुन्।

बाँसुरीको धुनलाई अफ्रिका र साउथ अमेरिकाको संगीतमा मिसाउँदै आएका कटुवालले उक्त अवसरमा विशेष प्रस्तुतिहरु दिने छन्।

अफ्रिकाको गीत–संगीतमा बासुरीको धुन मिसाएर रासाकन एल्बम नै तयार पारेको समूहले उनीसँगै प्रस्तुति दिँदै छन् । कोरा, जेम्बे (अफ्रिकी ड्रम), मुर्चुङ्गालगायतका बाजाको साथमा बाँसुरीको धुन मिसाइएको छ। स्पेनका विभिन्न शहरहरुमा आफ्नो प्रस्तुति राख्दै आएको उक्त समूहको प्रस्तुतिलाई विशेष आकर्षणको रुपमा लिइएको छ।

आमानान्तु अर्को ब्याण्डको नाम जसले साउथ अमेरिकन राष्ट्रहरु भेनेजुयला र चिलीको प्रचलित संगीतसँग विनोदको बाँसुरी धुन मिसाउँदै प्रस्तुतीहरु राख्दै आएको छ। ‘विदेशमा थुप्रै कार्यक्रमहरु हुन्छन् तर बासुरीको धुनलाई केन्द्रित गरेर हुने कार्यक्रमहरु धेरै कम छन्, त्यसैले पनि सहभागी बन्न अनुरोध गर्दछु,’ विनोदले भने ।

कार्यक्रममा कलाकारहरु अजय लोप्चन, सुमी घिमिरे सापकोटा, पेम्बा छोटी गोले शेर्पा, नरेश कार्कीलगायतले कटुवाललाई साथ दिँदै छन्। नेपाली तथा स्पेनिसहरुको कार्यक्रममा बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment