+
+
Shares

बन्दुक हिंसाविरुद्ध लसएन्जल्सका कलाकार

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ९ गते ९:०१

बन्दुक हिंसाविरुद्ध लसएन्जल्सका कलाकारले जनचेतना अभियान थालेका छन् । बन्दुक आक्रमण अमेरिकाका लागि टाउको दुखाइको विषय बनिरहेका बेला कलाकारहरुले बन्दुक हिंसाविरुद्ध जनचेतना थालेका हुन् ।

त्यसकै लागि एक भिडियो तयार पारेर कलाकारहरुले प्रदर्शन गरेका छन् । भिडियोले जीवनको अनिश्चितता दर्शाउँदै मानव सेवा गर्नुपर्ने मूलभाव बोकेको छ ।

जनचेतनामूलक भिडियोमा नेपाली मूलका सुरज श्रेष्ठ र ब्राजिलियन मूलकी कलाकार रिब्बेका मोमोको मुख्य अभिनय छ । त्यस्तै, कुसुम थापा, श्याम सेढाई, एनआरएन एनसीसी अमेरिकाकी महिला संयोजक एवं सामाजिक अभियन्ता इन्दिरा त्रिपाठी र डोल्मा लामाले पनि उक्त जनचेतामूलक भिडियोमा अभियन गरेका छन् ।

भिडियोको निर्देशन शंकर राज वाग्लेले गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?