News Summary
Generated by OK AI. Editorially reviewed.- दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत कर्णाली प्रदेश रंगशालामा भएको बक्सिङमा आर्मीले आइतबार ८ स्वर्ण जितेको छ ।
- महिलातर्फ आर्मीले ६ स्वर्ण जित्दा पुरुषतर्फ पनि उसैले ८ स्वर्ण जितेको छ, भने पुलिस, एपीएफ र बागमतीले समान १–१ स्वर्ण पाए ।
- आइतबार २० स्पर्धामध्ये ११ स्वर्णको टुंगो लागेको छ, बाँकी ९ स्वर्ण सोमबार निर्णय हुनेछन् ।
१३ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८३ अन्तर्गत बक्सिङमा आर्मीले दबाबा कायम राख्दै आइतबार ८ स्वर्ण जितेको छ ।
आर्मीले महिलातर्फ ६ र पुरुषतर्फ ८ स्वर्ण जितेको हो । पुलिस, एपीएफ र बागमतीले समान १–१ स्वर्ण हात पारे ।
कर्णाली प्रदेश रंगशालाको मुख्य कभर्डहलमा भएको महिला ५७ केजीमुनि विमलाले पुलिसकी निशा तामाङ तथा महिला ६० केजीमुनि आर्मीकी पुनम रावलले पुलिसकी नारिका राईलाई फाइनलमा पराजित गरे ।

महिला ६५ केजीमुनि आर्मीकी चन्द्रकला थापाले पुलिसकी लक्ष्मी घर्ती मगर, ७० केजीमुनि आर्मीकी कुसुम तामाङले पुलिसकी नेहा विक, ७५ केजीमुनि एपीएफकी सरस्वती रानाले सुदूरपश्चिमकी प्रतीक्षा रोकाया, ८० केजीमुनि आमीकी निरु गुरुङले एपीएफकी माया चौधरी र ८० केजीमाथि आर्मीकी हीरादेवी नेपालीले कर्णालीकी टीका श्रेष्ठलाई पराजित गर्दै स्वर्ण जिते ।

पुरुष ५० केजीमुनि बागमतीका लालप्रसाद उप्रेतीले एपीएफका लक्ष्मण राई, ५५ केजीमुनि पुलिसका चन्द्रबहादुर थापाले कोशीका फुङलाङ काम्वाङ, ६० केजीमुनि आर्मीका खगेन्द्र रोका मगरले सुदूरपश्चिमका हेमराज जोशी र ६५ केजीमुनि आर्मीका नितेश नेपालीले एपीएफका सोनाम सार्कीलाई हराउदै स्वर्ण जिते ।
विभिन्न २० स्पर्धा समावेश बक्सिङमा आइतबार ११ स्वर्णको छिनोफानो भएको छ भने बाँकी ९ स्वर्णको छुङ्गो सोमबार लाग्नेछ । बक्सिङमा कूल १० स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।
तस्बीर : राखेप
प्रतिक्रिया 4