Comments Add Comment

शान्ति सुरक्षामा खटिएका प्रहरीले गरे सडक मर्मत

 २८ असार, भैरहवा । सडकका खाल्डाखुल्डी पुर्न कस्सिएको माथिको यो तस्विर कुनै नगरपालिकाको कर्मचारीको होइन । न त सडक बिभागको नै हो । यी त नेपाल प्रहरीहरु हुन् जो शान्ति सुरक्षाको लागि रुपन्देहीको बेलहिया नाकामा खटिएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका हुँदै भारत आवत-जावत गर्ने मुखैमा खाल्डाखुल्डी परेपनि सम्बन्धित सरकारी निकायले ध्यान नदिएपछि प्रहरीहरु मर्मतमा खटिएका हुन् ।

यो नाकाबाट पैदलमार्ग हुँदै नेपालमा सबैभन्दा बढी पर्यटकहरु भित्रिने गर्दछन् । विदेशी पर्यटकहरुमा नकारात्मक सन्देश जाने भएको कारण आफैले सडकको खाल्डाखुल्डी पुरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविन विष्टले बताए ।

उनी भन्छन्, ‘हामी शान्ति सुरक्षामा खटेपनि एउटा नेपाली नागरिकको हैसियतले आफैले खाल्डाखुल्डी पुरेका हौं । पर्यटक हाम्रा पाहुना हुन्, हामीले उनीहरुलाई राम्रो स्वागत र सम्मान गर्नुपर्छ ।’

सडकको खाल्डाखुल्डीले सवारी दुर्घटना समेत भएको हुँदा यसलाई गम्भिरताका साथ लिएर काम गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment