Comments Add Comment

कपिलको शोमा फर्कने तयारीमा सुनिल


टेलिभिजनमा कमेडी शो सञ्चालन गरेर तारिफ पाएका कमेडियन कपिल शर्मा अहिले पनि चर्चामा छन् । तर, उनको चर्चा अहिले कमेडी शोको कारण होइन सहकर्मी सुनिल ग्रोवरसँग भएको झगडाले हुने गरेको छ ।

सुनिलले साथ छाडेपछि कपिलको शोको टीआरपी गीरेको थियो भने, अहिले फेरि उनको कार्यक्रमको टीआरपी माथि आउन थालेको छ । यहि विचमा सुनिल पुनः कार्यक्रममा सहभागी हुन लागेको सन्देश कपिलले दिएका छन् । भारतीय मिडियाले उल्लेख गरे अनुसार अर्को हप्तादेखि ‘द कपिल शर्मा शो’मा सुनिल आउन लागेको उल्लेख गरेका छन् ।

अघिल्लो हप्ता मात्रै कपिल सुटिङको क्रममा बेहोस भएपछि कोकिलाबेन अस्पताल भर्ना भएका थिए । अस्पतालवाट डिष्चार्ज भए लगत्तै फेसबुक लाइभ मार्फत दर्शकको विचमा आएका कपिलले सुनिल कार्यक्रममा फर्किन लागेको जानकारी दिए ।

के तपाइको शोमा सुनिल फेरि देखिन्छन् ? एक फ्यानले सोधेको प्रश्नको जवाफमा कपिलले भनेका छन्-‘सुनिल मेरा निकै नजिकका मित्र हुन् । उनी कुनै पनि वेला मेरो शोमा आउन सक्छन् ।’ झगडापछि पनि कपिल र सुनिलविच केही पटक भेटघाट भएको भारतीय मिडियाले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment