Comments Add Comment

परीक्षामा फेल भएपछि घरबाट हिँडेका दिदी-बहिनी दुई महिनादेखि वेपत्ता

३० असार, राजविराज  । दुई महिनाअघि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट हराएका दुई बालिका अहिलेसम्म घर फर्किएका छैनन् ।

सोही नगरपालिका–१ स्थित भारदह निवासी दुःखी खड्गाकी १३ वर्षीया छोरी पारो खड्गा र सात वर्षीया छोरी सरोकुमारी खड्का घरमा सामान्य विवाद हुँदा आवेशमा आएर दुई महिनादेखि घरबाट निस्केका थिए । उनीहरू हालसम्म घर नफर्केपछि परिवारमा चिन्ता बढेको छ ।

स्थानीय बिपी मावि भारदहमा कक्षा ९ मा अध्ययन गर्दै आएकी पारो वार्षिक परीक्षामा अनुत्तीर्ण भएको भन्दै घरका सदस्यले कराएपछि सामान्य विवादका कारण दुबै दिदी-बहिनी घरबाट निस्केका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment