Comments Add Comment

चुडामणि शर्माविरुद्ध मुद्दा दर्ता भएन, बन्दी प्रत्यक्षीकरणको सुनुवाई पनि हेर्दाहेर्दैमा

३० असार, काठमाडौं । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्मा विरुद्धको भ्रष्टाचार मुद्दा समय अभावका कारण शुक्रबार विशेष अदालतमा दर्ता हुन सकेन । त्यस्तै शर्माले आफूलाई गैरकानुनी थुनामा राखेको भनी दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा पनि सुनुवाई हुन सकेन ।

कर फर्छ्यौट आयोगमा रहँदा कर निर्धारणमा अनियमितता गरेको अभियोगमा ३३ अर्ब रुपैयाँ मागदाबी सहित अख्तियारले शर्मा विरुद्ध मुद्दा दायर गर्ने निर्णय बिहीबारै गरेको थियो । तर शुक्रवार समय अभावका कारण दर्ता हुन नसकेको बिशेष अदालतका प्रवक्ता जगन्नाथ पौडेलले बताए ।

यसैबीच शर्माले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाई पनि हेर्दा हेर्दैमा राखिएको छ । न्यायाधीश प्रकाशमान सिंह राउत र चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाई हुने भनिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment