+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रहरीमा इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोग सुरु

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन १ गते ११:२०

१ साउन, काठमाडौं । नेपाल प्रहरीले इन्टरनेट बिनाको इमेल प्रविधि (एचएफ रेडियो डाटा)को प्रयोग आजबाट औपचारिक रुपमा सुरु गरेको छ । ५९ औं प्रहरी सञ्चार दिवसको अवसरमा गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले इन्टरनेट बिनाको इमेल प्रविधि प्रयोगको उदघाटन गरेका छन् ।

रेडियो प्रविधि र कम्प्युटर प्रविधिको कुराकानी नै एचएफ रेडियो डाटा प्रविधि हो । यो मिलिटरी स्टान्डर्डको प्रविधिलाई सफ्टवेयर डिफाइन्ड प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै इमेल पठाउन सकिन्छ ।

यो प्रविधिलाई इन्टरनेट सर्भरसँग जडान गर्ने हो भने इन्टरनेट चलाउन सकिन्छ । त्यसैगरी इमेल सर्भरमा जडान गरिने हो भने व्यक्तिगत इमेल ठेगाना खोलेर पनि यो प्रविधिबाट इमेल पठाउन सकिन्छ ।

यो प्रविधिको प्रयोगले जहाँ इन्टरनेट सुबिधा छैन त्यहाँबाट इमेल र फोटो पठाउन सकिन्छ । यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि समेत भएकाले उपयोगी हुन्ो नेपाल प्रहरीको विश्वास छ ।

कार्यक्रममा गृहमन्त्री शर्माले प्रविधियुक्त प्रहरी आजको आवश्यकता भएकोले प्रविधिको तिव्र विकासलाई पछ्याएर मात्रै आजको समाजलाई सहज बनाउन सकिने बताए । प्रहरी राज्यको कानून कार्यान्वयन गर्ने, सेवा प्रदान गर्ने र प्राथमिक उद्धारक समेत भएकाले जनतालाई प्रत्यक्ष र पहिलो पहुँच पुर्‍याउन प्रविधि महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरीले सुरुका दिनमा सूचना तथा संचार प्रविधि एउटा साधनको रुपमा मात्र प्रयोग गरिएको भएता पनि यो आधुनिक प्रहरीको अनिवार्य आवश्यकता बन्ोको बताए । साथै उनले सूचना तथा सञ्चार प्रविधिको पक्षलाई आधुनिकीकरण गर्दै जानुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?