नायिका आना शर्माले पहिलो चलचित्र ‘जेरी’मा अभिनय गरिन् । यो चलचित्रमा उनको कामलाई रुचाइयो । नायक अनमोल केसी र आनाको जोडीलाई पनि दर्शकले रुचाए ।
आना शर्मा यसपछि हराइन् । उनलाई पर्दामा हेर्ने दर्शकको चाहना पुरा हुन ३ बर्ष लाग्यो । आना अभिनित चलचित्र ‘ग्याङस्टार ब्लूज’ भदौ २ गतेबाट रिलिज हुँदैछ ।
आनाले दोश्रो चलचित्रमा काम गर्न करिब ३ बर्षको ग्याप राखिन् । आशिरमान देसराज जोशी, रोजिशा शाही, संयम पुरी, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रले ग्याङस्टारको कथा भन्छ ।
कलाकारहरु जती धेरै रिजर्भ बस्यो, उती नै दर्शकको प्रतिक्षामा रहन्छन् भन्ने धेरैको वुझाई छ । यो धेरै हदसम्म सही पनि हो । तर, आना शर्मा ३ बर्ष रिजर्भ बस्दा त्यसले फाइदा होला या घाटा, यसको नजिता चलचित्र रिलिज भएपछि थाहा हुनेछ ।
३ बर्ष लामो अन्तरालमा आना आफै मिडिया र दर्शकमाझ आउन सकिनन् । बरु, चलचित्र ‘ग्याङस्टार ब्लूज’को घोषणा भएसँगै यसको निर्माणपक्षले उनलाई विभिन्न तरिकाले मिडियामा ल्याइदियो । कहिले उनको जन्मदिनको सेलिव्रेशन त कहिले नायक आशिरमानको जन्मदिनको सेलिव्रेशन । यस्तै, बहाना पारेर निर्माता सरोज न्यौपाने र निर्देशक हेमराज वीसीे आनालाई मिडिया र दर्शकमाझ ल्याएका थिए ।
निर्माता सरोज न्यौपानेको वुझाइमा पहिलो चलचित्रबाट नै एउटा छाप बनाएकी आनालाई हेर्न दर्शक आतुर छन् । आनाको वुझाइमा पनि उनलाई दर्शकले प्रतिक्षा गरेका छन् ।
आशिरमान र आनाको जोडीलाई चलचित्रको घोषणा भएसँगै धेरैले नजिकबाट नियालेका छन् । निर्माता न्यौपाने दर्शकले आशिरमान र आनाको जोडीलाई चलचित्र हेरेपछि रुचाउने बताउँछन् । आना पनि ‘जेरी’बाट पाएको सफलता ‘ग्याङस्टार ब्लूज’मा दोहोर्याउन चाहन्छिन् । के आनाको प्रतिक्षा दर्शकलाई होला, भदौ २ गतेसम्म प्रतिक्षा गर्नैपर्छ ।
प्रतिक्रिया 4