Comments Add Comment

पत्रकार महासंघको नेतृत्व सहमतिमा चयन गर्न प्रेस चौतारीको प्रस्ताव

४ साउन, काठमाडौं । नेपाल पत्रकार महासंघको नेतृत्व सहमतिमा चयन गरेर साझा चरित्रको सन्देश दिन छलफल शुरु भएको छ । महासंघको नेतृत्व गरिरहेको प्रेस चौतारी नेपालले प्रेस युनियन र प्रेस सेन्टरको नेतृत्व समक्ष मिलेर जान प्रस्ताव गरेको हो ।

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले महासंघको साझा चरित्र जोगाउन र आम पत्रकारको व्यवसायिक संगठन बलियो बनाउन मिलेर जाने प्रस्ताव राखेको स्वीकार गरे । उनले प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल र प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालसँगको छलफलमा यो प्रस्ताव राखेको बताए ।

बस्नेतले भने- पत्रकार महासंघको साझा चरित्र जोगाउन मिलेर जाउँ, हारेको भोलिपल्ट महासंघविरुद्ध लाग्ने प्रवृति अन्त गरौं भनेर मैले ठूलो संगठनको तर्फबाट प्रस्ताव राखेको हो । उहाँहरु सकारात्मक देखिनुभएको छ ।

पत्रकार महासंघको २४ औं महाधिवेशन आगामी भदौ ४ देखि ६ गतेसम्म काठमाडौंमा हुँदैछ । महासंघको नेतृत्वका लागि संगठनहरुबीच तालमेलको प्रयास चलिरहेका बेला चौतारीले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment