Comments Add Comment

ट्राइकोट गार्मेट उद्योगमा आगलागी

७ साउन विराटनगर । विराटनगरको ट्राइकोट गार्मेट उद्योगमा भिषण आगलागी भएको छ । विराटनगर १३ स्थित उद्योगमा शनिबार अपरान्ह ३ वजेदेखि आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको मोरङका प्रहरी उपरीक्षक संन्दिप भण्डारीले जानकारी दिए । विद्युत सर्ट भई उद्योगमा आगो लागेको वताइएको छ ।

सुनसरी र मोरङका ६ वटा वारुण यन्त्र नेपाली सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment