Comments Add Comment

सचिव मैनालीलाई आयोगको पत्रः २४ घन्टाभित्र गाडी र आइफोन फिर्ता गर्नू

८ साउन, काठमाडौं । निर्वाचन आयोगले सचिव गोपिनाथ मैनालीलाई पत्र लेख्दै गाडी फिर्ता गर्न आग्रह गरेको छ ।

सचिव मैनालीको केही समयअघि आयोगबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो । आयुक्तहरुलाई विलासी गाडी किन्न रोक्दा आफ्नो सरुवा भएको बताएका थिए ।

अब आयोगले सरुवा भएको लामो समयसम्म पनि गाडी र आइफोन फिर्ता नगरेको भन्दै सचिव मैनालीलाई पत्र काटेको छ । प्रशासन हेर्ने उपसचिव महेशराज तिम्सिनाले पठाएको पत्रमा सचिव मैनालीले बा २ झ ४४९ नम्बरको ल्याण्डक्रुजर प्राडो, ल्यापटप र आँईफोन सेभेन प्लस एक महिनासम्म फिर्ता नगरेको उल्लेख छ ।

साथै पत्रमा चिठ्ठी बुझेको २४ घन्टाभित्र ल्यापटप, आइफोन लगायतका सामान फिर्ता गर्न भनेको छ ।

आयोगका एक अधिकारीले सचिव मैनालीलाई सामान फिर्ता गर्न पत्र पठाएको पुष्टि गरे । यसबारे बुझ्न खोज्दा हाल प्रधानमन्त्री कार्यालयमा रहेका सचिव मैनालीसँग भने सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment