Comments Add Comment

वडा सदस्यद्वारा महिलामाथि दुर्व्यबहार

१० साउन, भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-६ होम्ताङ्गका निर्वाचित वडा सदस्य बालकुमार राईले भाउजु नाता पर्ने एक महिलामाथि दुर्व्यबहार गरेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा सदस्यले राईले इलाका प्रहरी कार्यालय घोडेटारमा गल्ती स्वीकार गरेपछि उनलाई राजनीति दवाबमा तारिखमा छाडिएको छ ।

उनलाई नेपाली कांग्रेस र वडा अध्यक्षले गाउँमा पनि सार्वजानिक रुपमा माफी माग्न लगाउने र वडाको जिम्मेबारीबाट अलग्याउने सहमति भएको बताइएको छ ।

घरमा कोहि नभएको बेला गत साउन १ गते यौन दुर्व्यबहार गर्न खोजेको पीडित महिलाका पति ध्यानबहादु राईले बताए । घट्नाको विषयमा पतिलाई बताएपछि पीडित परिवार प्रहरी सम्म पुगेको थियो ।

वडा अध्यक्ष सागर राईसहित प्रहरी कार्यालयमा भएको छलफलमा वडा सदस्यको रुपमा काम गर्न नदिने शर्त राखेर तारिखमा छाडिएको छ ।

इलाका प्रहरी कार्यालय घोडेटारका प्रमुख राजकुमार थापाले मध्यपान गरेर महिला माथि दुव्यहार गरेको पाइएको र दुवै पक्षले सहमति जनाएपछि तारिखमा छाडिएको बताए ।

सहमति अनुसार पार्टीले कारवाही गर्नुपर्ने र सार्वजानिक रुपमा गाउँमा माफी मगाउने सहमति अहिलेसम्म कार्यान्वयन नभएको पीडितका पति ध्यानबहादुर राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment