Comments Add Comment

नेपाली कलाकृतिको जिर्णोद्धारका लागि फ्रान्सको सहयोग

१२ साउन, काठमाडौं । फ्रान्सको सँस्कृति मन्त्रालयले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा साँस्कृतिक सङ्गठन (युनेस्को) को नेपाल कार्यालयलाई महत्वपूर्ण नेपाली कलाकृतिको जिर्णोद्धार गर्न १०,५०० युरो (करिब ११ लाख ) सहयोग प्रदान गरेको छ ।

सहयोगमा प्राप्त रकमको प्रयोग गरेर  युनेस्कोले फ्रान्सबाट कलाकृतिको जिर्णोद्धारमा विशेषज्ञता भएका फ्रान्सेली विज्ञलाई नेपाल बोलाएर स्थानीय समुदाय र कलाकारहरूलाई  प्रशिक्षण दिनेछ ।

कार्यक्रम नेपालको पुरात्तव विभागले चाहेको स्थान (छाउनी अथवा पाटन सङ्ग्रहालयमा) गरिनेछ र समयमा हुनेछ ।

‘नेपालको मौलिक कलाकृतिबारे जानकारी राख्ने फ्रान्सेली विज्ञहरू यो काममा संलग्न हुनेछन् । उनीहरूले तत्कालै जिर्णोद्धार गरिहाल्नुपर्ने काठ र ढुङ्गाका कलाकृतिहरूलाई महत्व दिनेछन् ‘, नेपालका लागि फ्रान्सेली राजदूत इभ कारमोनाले भने ।

युनेस्कोका नेपाल प्रतिनिधि क्रिष्टियन म्यानहार्टले फ्रान्सेली सरकारले गरेको सहयोग प्रति कृतज्ञता व्क्त गरे ।

फ्रान्सेली दूतावासका अनुसार, कार्यक्रमको माध्यमबाट स्वयम्भूको तासी गोमाङ स्तूप र राष्ट्रिय संग्रहालयमा रहेका काठ र ढुङ्गाका कलाकृति र चित्रकलालाई जिर्णोद्धार गरिने छ । बहुमूल्य कलाकृतिको संरक्षण गर्दै आएका स्थानीय गुठीहरूलाई अझेै सबले बनाउनु पनि कार्यक्रमको लक्ष  हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment