Comments Add Comment

भरतपुर प्रकरणबारे आज सर्वोच्चमा पेशी


१२ साउन, काठमाडौं । भरतपुर महानगरपालिका वडानम्बर १९ को मतपत्र च्यातिएकोविरुद्ध दायर मुद्दामा आज पेशी तोकिएको छ । मतपत्र च्यातिएको आज ठीक दुई महिना पुगेको छ ।

यसअघि दुवै पक्षका वकिलले बहस गरिसकेका छन् । अब न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले पुनः मतदान कि पुनः मतगणना भन्ने फैसला दिनुपर्नेछ ।

मतगणनाका क्रममा माओवादी कार्यकर्ता मधु न्यौपाने र द्रोण शिवाकोटीले मतपत्र च्यातेपछि १९ नम्बर वडामा पुनः मतदान गर्ने आदेश निर्वाचन आयोगले दिएको थियो । यसअघि आयोगले छानविन गर्दा ९० मतपत्र च्यातिएको पाइएको थियो ।

आयोगको निर्णयमा चित्त नबुझेपछि वडा नम्बर १९ का एमाले उम्मेदवार गुन्जमान विक र सोही वडाका मतदाता समेत रहेका अधिवक्ता तुलसी पाण्डेले सर्बोच्चमा रिट दायर गरेका थिए ।

उनीहरुको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासले तत्काल पुनः मतदानको निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगलाई अन्तरकालिन आदेश दिएको थियो । त्यसयता लगातार यो विषय अदालतमै अल्भिmएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment