Comments Add Comment

राधाकृष्णको मुकुट चोरी

१६ साउन, नुवाकोट । विदुर नगरपालिका-९ जफतीमा रहेको राधाकृष्ण मन्दिरको मुकुट चोरी भएको छ ।

स्थानीय बासिन्दाको पहलमा पाँच वर्षअघि निर्माण गरिएको मन्दिरमा रहेको राधाकृष्ण भगवानको मुख्य मुकुट आइतबार राति चोरी भएको स्थानीय बासिन्दा वैकुण्ठ बोगटीले जानकारी दिए ।

सोमबार बिहान भक्तजन मन्दिरमा पूजा गर्न जाँदा मुकुट चोरी भएको थाहा पाएपछि प्रहरीलाई जानकारी गराएका थिए । चोरी भएको मुकुट स्थानीय बासिन्दाले पाँच वर्षअघि धार्मिक सहयोग अनुदानमार्फत ३२ हजारमा खरिद गरेका थिए ।

चाँदीबाट निर्मित मुकुट चोरी भएकाले संलग्नको पहिचान गरी कारबाहीका लागि स्थानीय भक्तजनले प्रहरीलाई आग्रह गरेका छन् । घटनाको अनुसन्धान शुरु भएको नुवाकोट प्रहरी प्रमुख देवबहादुर बोहराले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

फेरिएकी बर्षा

Advertisment