Comments Add Comment

बार्सिलोना छाड्न केले प्रेरित गर्‍यो नेइमारलाई ?

१७ साउन, काठमाडौं । सन् १९९४ मा रोमारियो, १९९६, ९७ र २००२ मा रोनाल्डो १९९९ मा रिभाल्डो, २००४ र ०५ मा रोनाल्डिन्हो र २००७ मा काका ।

१३ वर्षको यस अवधीमा पाँच ब्राजिलियन खेलाडीले आठ पटक फिफा उत्कृष्ट खेलाडीको पुरस्कार जिते, जसले ब्राजिलका अगामी पिँढीका लागि एउटा उच्च पथप्रदर्शन बन्यो ।

अघिल्ला पुस्ताका ब्राजिलीयन खेलाडीहरुजस्तै नेइमारको करिअर पनि त्यस्तै देखिन्छ । उत्तिकै प्रतिभा भएपनि नेइमारले अहिलेसम्म यस पुरस्कार हात पारिसकेका भने छैनन् ।

र, यसैकारण तपाईं जान्न चाहनुहुन्छ कि २५ वर्षीय यी स्ट्राइकर किन बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मिन जान चाहन्छन् ? र यो महत्वपूर्ण छ कि आफ्नो ट्रान्सफरबारे ब्राजिलियन जनताले के सोच्छन् भन्ने हेक्का पनि नेइमारले राख्नेछन् ।

तर, यसका अलावा विषय यो पनि छ कि किन पिएसजीले नेइमारका लागि यस्तो आकर्षक प्रस्ताव गरेको छ कि त्यहाँ उनले अहिलेसम्म हात पार्न नसकेको सबैभन्दा ठूलो पुरस्कार जित्न सहज हुनेछ ।

नेइमारका असफलताको काहानी

धेरैजसो सफलतासँगै नेइमारको साथ पनि असफलताका थुप्रै काहानी छन् ।

नाइजेरियामा सन् २००९ मा भएको यू-१७ विश्वकप उनको पहिलो र अप्रत्यासित असफलता थियो । जहाँ ब्राजिल ८ टिममध्येको एक बन्यो, जसले समूह चरण पार गर्न सकेन ।

नेइमार र फिलिपि कोटिन्होजस्ता खेलाडी अग्रपंक्तिमा रहँदा पनि ब्राजिलले गोल गर्न सकेन, सुरुवाती दुई खेलमा स्वीट्जरल्याण्ड र मेक्सिकोसँग १-० को पराजय ब्यहोरेपछि नेइमार टिमबाट ड्रप भएका थिए ।

उनी त्यसअघिदेखि नै ब्राजिलको पहिलो डिभिजनको उत्कृष्ट क्लव सान्तोषमा एक उच्च स्तरका फरवार्ड बनिसकेका थिए ।

यस नतिजाले स्पष्ट सवक यो सिकाएको थियो कि ग्लोवल फुटबल निक्कै कठिन छ र आफूलाई त्यही स्तरको बनाउनका लागि ब्राजिलमै रमाइहरनु उचित हुन्न ।

चेल्सीले सोचेको थियो कि उनलाई अनुवन्धका लागि सुरक्षित गरिसकिएको छ । तर सम्झौताको बीचैमा छाडेर ब्यहोर्ने नोक्सानी भन्दा २०१३ सम्म सान्तोषमै रहनु उनले उचित ठाने ।

सँगै जोडिएको अर्को असफलता के हो भने, सान्तोषका सुपरस्टार रोविन्होको छत्रछायामा नेइमार हुर्कँदै थिए । जव रोविन्हो २००५ मा रियल मडि्रडमा अनुबन्धित भए, अधिकांश ब्राजिलियनले स्वभाविक रुपमा यो सोचेका थिए कि उनको यात्रा विश्व खेलाडीका लागि हो ।

एक मिडिया पण्डित तथा ब्राजिलियन पूर्व स्ट्राइकर कासाग्राण्डेको मान्यता यो थियो कि रोविन्हो तत् समयका सबैभन्दा उत्कृष्ट खेलाडी हुन्, जसको तुलना पेलेसँग मात्र गर्न सकिन्छ ।

तर, त्यस्तो हुन सकेन । रोविन्होको करिअर रियलमा पूर्ण रुपमा फक्रन पाएन । क्रिष्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपछि रोविन्हो क्रमसः साइड लागे ।

र, नेइमारलाई राम्रोसँग थाहा थियो कि विश्वस्तरीय खेलाडीका लागि लगाइने बोली धेरै भन्दा धेरै हुनुपर्छ । जसमा बार्सिलोनाले उनलाई आकर्षक प्रस्ताव गर्‍यो, जुन उनले लत्याउन सकेनन् ।

मेस्सीको छायाँबाट बाहिर निस्कन

सन् २०१३ मा नेइमार मेस्सीको टिममा आएका थिए । तर यसपछि सोचिएको थियो कि दवाव अन्त्य हुनेछ ।

उदाहरणका लागि, ब्राजिलका पूर्व विंगर ड्यानिलसन, जसले दुई दशकपहिले संसारको कीर्तिमानी मूल्यमा औषत क्लव रियल बेटिसका लागि तुरुन्त सम्झौता गरेका थिए । तर नेइमारको समस्या यो होइन । उनको सवालमा भने युरोपियन क्लव करिअरमा मेस्सीको स्पष्ट छायाँ देखिएको छ ।

तर, केहि समयका लागि सही, लामो समयका लागि भने उनी मेस्सीको छायाँमा बस्न तयार छैनन् । उनी आफ्नो टिमको मूख्य खेलाडी बन्न सक्दैनन् भने विश्व खेलाडीको पुरस्कार कसरी जित्न सक्लान् ?

त्यसैले दुईमध्ये एक खेलाडीमात्र बार्सिलोनामा रहँदा नेइमारले विश्व खेलाडीको पुरस्कार जित्न सक्छन् । मेस्सीले हालैमात्र बार्सिलोनासँग सम्झौता गरेका कारण नेइमारका लागि बाटो खुलेको छ ।

यद्यपि बार्सिलोनाका अध्यक्षम जोसेप मारिया बार्टोमेउले भनेका छन् कि नेइमारले क्लव छाड्दै छैनन्, तर समाचारमा जनाइएअनुसार पिएसजीले नेइमारलाई केन्द्रमा राखेर आकर्षक प्रस्तावहरु राख्न छोडेको छैन । पिएसजीले नेइमारलाई टिमको केन्द्रमा राख्ने र थप बोनस उपलब्ध गराउने जस्ता अकर्षक प्रस्ताव गरिरहेको छ ।

यो सिजन सकिएपछि विश्वकप सुरु हुन्छ, त्यसैले नेइमारका लागि यो सिजन उच्च लयमा हुनु जरुरी छ, जो अर्को जुनमा २६ वर्ष लाग्नेछन् ।

दक्षिण अमेरिकी फुटबल विश्लेषक तथा लेखक टिम बिकेरिले बीबीसीका लागि खेलेको लेख

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment