Comments Add Comment

भेरी अञ्चल अस्पतालमा स्वाइन फ्लूका शंकास्पद विरामी थपिँदै, जाँच्ने किटको अभाव

१९ साउन, नेपालगन्ज । भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मनसुनको समयमा स्वाइन फ्लूका शंकास्पद बिरामी दैनिक दर्जनको संख्यामा आउने गरेका छन्, तर जाँच्ने किटको अभावमा पहिचानमा समस्या भएको छ ।

अस्पतालमा आउने विरामीहरुमध्ये टाउको दुख्ने, शरीर दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण भएका विरामी दिनहुँ ८-१० हुने गरेको अस्पतालका फिजिसियन डा. खगेन्द्र शाहीले जानकारी दिए ।

उनले भने-‘अस्पतालमा स्वाइन फ्लूको डाइग्नोसिस गर्ने किटको अभाव भएकोले यही हो भनेर डिक्लियर गर्न गाह्रो भए पनि विरामीमा देखिएको लक्षण हेर्दा स्वाइन फ्लू भएको हुनसक्ने आशंका गर्ने ठाँउहरु प्रसस्त छन् ।’

उनलेे ज्वरो र शरीर दुख्यो भन्दै अस्पताल आउने विरामीहरु अधिकांश नेपालजञ्जवासी रहेको बताए ।

उनले भने- ‘देशव्यापी रुपमा स्वाइन फ्लूको लक्षणसहित विरामी देखापरेपछि यस अस्पतालका लागि पनि जाँच किट माग गरेका छौं ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका फिजिसियन डा. प्रकाश नागले अस्पतालमा स्वाइन फ्लूका शंकास्पद विरामी खासै नआए पनि स्क्रव टाइफस र डेंगुका विरामी भने आई रहेको जानकारी दिए ।

उनले अनलाइनखबरसँग भने- ‘यहाँ स्वाइन फ्लूको लक्षण भएका विरामी नदेखिए पनि डंेगु र स्क्रब टाइफसको विरामी दिनहुँ आउने गरेका छन् ।’

उनले दिएको जानकारी अनुसार कलेजको नेपालगन्ज शिक्षण अस्पतालको आइसियुमा डेंगुको एक विरामी उपचारको लागि भर्ना भएका छन् ।

यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् महामारी तथा रोग नियन्त्रण फोकलपर्सन रामबहादुर चन्दले इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखामा गत साउन १२ गते नै स्वाइन फ्लू तथा अन्य रोग जाँचको किट माग गरेर पठाए पनि आइनसकेको बताए ।

उनले भने- ‘अस्पतालमा बिरामी आउन थालेपछि नै हामीले जाँच किट मगाएका हौं, एक साता भइसक्यो अहिलेसम्म आएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment