Comments Add Comment

गुण्डुखोलाको भेलले बगाएर भक्तपुरमा बृद्धाको मृत्यु

१९ साउन, भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका वडा नम्बर ७ र ४ को सीमानामा पर्ने गुण्डुखोलाको भेलले बगाएर एक महिलाको मृत्यु भएको छ ।

खहरे खोलाको नामले चिनिएको गुण्डुखोलामा भेल आएका बेला खोला गर्न लागेकी सूर्यबिनायक नगरपालिका ४ की सत्यवती खड्कालाई बिहीबार अपराहृन ३ बजे बगाएर करीव एकसय मिटर तल पुर्‍याएको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

भक्तपुर क्षेत्रमा आज दिउासो केहिबेर भीषण वर्षा भएको थियो ।

स्थानीयले बृद्धाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी घटनास्थलमा पुगेको छ र मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि भक्तपुर अस्पताल लैजाने तयारी भइरहेको छ ।

तस्वीरः अनन्त वाग्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment