Comments Add Comment

छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु, ४ जना घाइते

१९ साउन, भैरहवा । कपिलवस्तु र रुपन्देहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका-२ मा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ५ ख ३३७१ नम्बरको बसले विपरित दिशाबाट आएको रा ४ ख ४४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ रोल्पा जाउली पोखरी ८ का ३८ वर्षीय मोटरसाइकल चालक हुमबहादुर पुनको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

त्यस्तै मोटरसाइकलमा पछाडि सवार सोही जिल्ला पाछाबाङ १ का २० वर्षीय ओमारी महरा गम्भीर घाइते भएका छन् ।

घाइते महराको उपचार भइरहेको र बस चालक नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै रुपन्देही जिल्लामा भएको सवारी दुर्घटनामा ३ जना घाइते भएका छन् ।

जिल्लाको सम्मरीमाई गाउँपालिका ६ बेतकुइयामा लु ११ प ३९०९ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिदाँ सोही स्थानका साइकल यात्री १७ वर्षीय अशोक लोध घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

साथै दुर्घटनामा सम्मरीमाई वडा नम्बर ४ का मोटरसाइकल चालक २२ वर्षीय राजेश लोध र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका १६ वर्षीय सुनिल नाउ पनि घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल र साइकल प्रहरी नियन्त्रणमा रहेको र घाइतेहरुको भैरहवा स्थित भिम अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment