Comments Add Comment

लक्ष्मी बैंक पनि उक्लियो अर्बपती क्लबमा, नाफामा १ अर्ब


२३ साउन, काठमाडौं । गत आव २०७३/७४ मा लक्ष्मी बैंकको नाफा करिब ४८ प्रतिशतले बढेर १ अर्ब २४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आव २०७२/७३ मा भने बैंकको नाफा ६७ करोड रहेको थियो ।

 

बैंकको खुद व्याज आम्दानी २६ प्रतिशतले बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । बैंकले फि कमिसनबाट २७ करोड रुपैयाँ, अन्य सञ्चालनबाट २२ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले १९ करोड रुपैयाँ आम्दानी गरेको छ ।

 

बैंकले यसअघि नोक्सान वापत राखेको ४ करोड ९० लाख फिर्ता ल्याएको छ । त्यस्तै, यसपटक भने सम्भावित नोक्सान व्यवस्थाको लागि ९ करोड ७४ लाख रुपैयाँ छुट्याएको छ । बैंकको खराब कर्जा ०.९३ प्रतिशत रहेको छ भने प्रावधान १ सय ७३ प्रतिशत गरेको छ ।

 

बैंकको चुक्ता पुँजी ७ अर्ब ४७ करोड रहेको छ । चुक्ता पुँजी बढेपछि सेयरमा प्रतिफल घटेको छ । यो दर १२.६४ प्रतिशत छ । प्रतिसेयर आम्दानी २५.४३ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती २ अर्ब १८ करोड रहेको छ । बैंकले यसपटकको नाफाबाट सञ्चितमा राख्नुपर्ने २० प्रतिशत बराबरको रकम र सामाजिक दायित्वको लागि छुट्याउनु पर्ने १ प्रतिशत अलग्याउदा लगभग १०.६० प्रतिशत लाभांश दिन सक्ने अवस्था देखिएको छ ।

 

बैंकको निक्षेप संकलन २८ प्रतिशतले बढेर ७० अर्ब र कर्जा लगानी ३० प्रतिशतले बढेर ५२ अर्ब पुगेको छ । बैंकको सीसीडी रेसीयो ७१.७६ प्रतिशत रहेको उल्लेख छ । कर्जा लगानीको लागि आधार लिइने बेस रेट १०.३३ प्रतिशत रहेको छ । बैंकमा पुँजी पर्याप्तता अनुपात १४.२६ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय २९ रुपैयाँ रहेको छ ।

 

बैंकको कर्मचारी लागत ३ करोडले बढेको छ भने अन्य सञ्चालन लागत पनि करिब ८ करोडले वृद्धि भएको छ । बैंकले सेयर धितोको कर्जामा १ अर्ब ७९ करोड, ओभर ड्राफ्ट शीर्षकमा १६ अर्ब ८८ करोड लगानी गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment