Comments Add Comment

टाटाको टिगोर नेपालमा, २३ लाखमै सेडान कार


२५ साउन, काठमाडौं । टाटा ब्राण्डलाई ‘टियागो’ कारले नेपालमा एउटा नयाँ उचाई र सफलता दियो । अब यही सफलतालाई पछ्याउँदै भारतीय मोटर उत्पादक कम्पनी टाटा मोटर्सले नयाँ सेडान गाडी ‘टिगोर’लाई नेपाल भित्र्याएको छ ।

टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले बुधबार काठमाडौंको होटल सेल्टीमामा एक भब्य समाराहकाबीच ‘टिगोर’ सार्वजनिक गर्‍यो ।

कम्पनीले यसलाई ‘स्मार्ट, स्टाइलिस एण्ड सेन्सेस्नल’ गाडीका रुपमा चिनाएको छ । युनिक कभ्र्ड ब्याक, ग्लामरस लुक र अल्ट्रा कोजी इन्टेरियरसहितको यो गाडी ‘स्टाइल-ब्याक’ अवधारणामा बलियो रुपमा प्रस्तुत भएको छ ।

युरोपियन बजारसम्म पुग्ने लक्ष्यका साथ टाटाले गत मार्चको अन्तिममा टिगोर गाडी भारतीय बजारमा ल्याएको थियो । त्यहाँ अब्बल सावित हुँदै गरेको टिगोर नजिकिएको चाडपर्व र नाडा अटो शोलाई लक्षित गरेर नेपालमा पनि उपलब्ध गराइको छ ।

कम्पनीले अटो एक्स्पो २०१६मा कन्सेप्ट कार काइट-५ का रुपमा यसलाई प्रदर्शन गरेको थियो । त्यसबाट प्राप्त प्रतिक्रियालाई संयोजन गर्दै टाटाले यो सेडान तयार गरेको हो ।


यो कारले नेपालका प्रिमियम ह्याचब्याक र कम्प्याक्ट एसयूभी किन्ने ग्राहकलाई तान्ने दावी कम्पनीले गरेको छ ।

यो कार टियागोकै फिचर्सहरुबाट प्रभावित भएर तयार गरिएको छ । हेर्दा टियागोसँग मिल्दोजुल्दो यो कार सेडान सेगमेन्टको नयाँ ‘शान’ का रुपमा आएको छ ।

भिडियो रिभ्यू

मूल्य कति ?

सेडान टिगोर अविश्वसनीय मूल्यमै किन्न पाइने भएको छ । यो करा ४ वटा पेट्रोल भेरियन्टमा टिगोर उपलब्ध भएको छ । यसको न्युनतम् मूल्य २३ लाख ४५ हजार र अधिकतम् मूल्य २९ लाख ९५ हजार रुपैयाँ छ ।

कम्पनीले नेपाली बजारमा मारुती-सुजुकीको स्वीफ्ट डिजायर, होण्डाको अमेज, फोर्डको फिगो अस्पायर र हुण्डाईको एक्सेन्ट र भक्सवागनको एमियोसँग प्रतिस्पर्धा गर्नेछ ।

एक्सईको भेरियन्टलाई २३ लाख ४५ हजार तिर्नुपर्छ भने एक्सटी भेरियन्टको मूल्य २६ लाख ९५ हजार रुपैयाँ छ ।

त्यसैगरी एक्सजेडको मूल्य २८ लाख ९५ हजार रुपैयाँ छ भने एक्सजेड (ओ) भेरियन्टलाई २९ लाख ९५ हजार तिरेर आफ्नो बनाउन सकिन्छ ।

आकर्षक डिजाइन

टिगोर कम्प्याक्ट सेडान कार हो । यो देख्दा टियागोको झल्को त आउँछ नै । तर, यसमा कम्पनीले त्यास्ता विभिन्न बदलावहरु गरेको छ, जसको मद्दतमा यसले नेपालमा प्रभाव छाड्न समय नलाग्ने देखिन्छ ।

यसमा डुअल कलर बम्परसँगै टाटा सिग्नेचर ग्रील, क्रोम र स्मोक्ड प्रोजेक्टर हेडल्याम्प छ । यसको अलावा यसको हेडलाइटमा एलईडी ट्रिटमेन्ट दिइएको छ । एलईडी स्टप लाइट्स र टेल ल्याम्पस् पनि दिइएको छ । यसले कारलाई निकै आकर्षक बनाएको छ ।


टिगोर रेयर र साइड लुक्स प्रोफाइलमा एकदम अलग लुक्सका साथ आएको छ । डिजाइनको मामिलामा अब्बल देखिएको यो कार बजारमा नयाँ तरंग ल्याउने गरी उत्रिएको छ । यो कारमा १५ इन्चको डुअल टोन एलो ह्वीलसहित १७५/६० साइजवाला ट्युबलेस टयर जोडिएको छ ।

फ्रन्ट प्रोफाइल टेल ल्याम्प्स, टाटा सिग्नेचर ग्रील, क्रोम फिनिस भेन्ट्स र बडी कलर्ड बम्परले यसलाई स्पोर्टी लुक्स दिएको छ ।

शक्तिशाली क्षमता

१२ सय सिसीको टिगोरमा शक्तिशाली इञ्जिन राखिएको छ । नेपालमा टिगोरको पेट्रोल भर्सन मात्रै सार्वजनिक गरिएको छ ।
यसमा चार भेरियन्ट छन् । पेट्रोल भर्सनमा १.२ लिटरको रेबोट्रोन इञ्जिन दिइएको छ । जुन ८५ पीएसको पावर र ११४ एनएमको टर्क प्रदान गर्न सक्षम छ ।


यसमा ५ स्पीड म्यानुअल ट्रान्समिसन छ । इम्प्याक्ट डिजाइन थीममा तयार भएको यो कार नेपाली बजारमा विशेष अवतारका साथ उत्रिएको दावी कम्पनीको छ ।

‘स्टाइल ब्याक’

१ हजार २ सय सिसी क्षमताको कारलाई ‘स्टाइल ब्याक’ अवधारणाबाट प्रवर्द्धन गरिनेछ । यसको पछाडिको भाग नै सबैलाई मोहित गर्ने पक्षका रुपमा रहेको कम्पनीले बताएको छ ।

टाटाले पछिल्लो समयमा प्यासेन्जर सेग्मेन्ट निकै प्रगतिलाई काय राख्न रेयर भ्यूलाई कम्पनीले विशेष तरिकाले सजाएको छ । ४ मिटरभन्दा कम लम्बाई रहेको यो कार पछाडिबाट हेर्दा निकै आकर्षक मात्रै हैन फरक र स्टाइलिस पनि देखिन्छ ।


त्यसैले कम्पनीले यसलाई विश्वकै नयाँ स्टाइलमा भएको ‘रिभोलुसन’ अर्थात क्रन्तिका रुपमा चित्रित गरेको छ ।

टिगोरमा २४५० एमएको हृवील बेस छ । यो ३९९२ एमएम लामो, १६७७ एमएम चौडा, १५३७ एमएम अग्लो छ । यसमा ३५ लिटर तेल अटाउँछ । यसको कुल तौल १०३५ देखि १०६२ केजी छ ।

ग्राउण्ड क्लेयरेन्सका मामिलामा पनि यो सबल छ । यसमा १७० एमएमको ग्राउण्ड क्लेयरेन्स छ ।

सफा इन्टेरियर

टियोगोमा जस्तै यसमा पनि अन्य कारमा नदेखिएका केही कुरा टिगोरमा पनि छन् । इन्टेरियरमा पनि टियागो र अन्य कम्पनीको भन्दा अब्बल इन्फोटेन्मेन्ट सिस्टम छ । यसमा डुअल टोन इन्टेरियर विद प्रिमियम फिटनेश, जीपीएस नेभिगेशन, ग्लोब बक्स लगायतका फिचर्स छन् ।


कार इन्टेरियरलाई फरक थिममा प्रस्तुत गरिएको छ । नियमित यात्रा गर्नेलाई पनि यसको सफा किसिमको इन्टेरियरले कहिल्यै दिक्दारी सिर्जना हुन दिने छैन । डोर पकेट, कप होल्डर, बोटल होल्डरलाई विशेष तरिकाबाट सजाइएका छन् । पि्रमियर निटेड रुफ लाइनरले यसलाई थप आकर्षक बनाएको छ ।

कारमा विश्वमै उत्कृष्ट मानिने हार्मनको म्युजिक सिस्टम जडान गरिएको छ । जसमा ८ वटा स्पीकर दिइएको छ । स्टेयरिङमा नै अडियो कन्ट्रोलको सुविधा पनि छ ।


यसमा स्मार्टफोनमा आधारित नेभिगेशनका साथमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, पछाडिको यात्रुलाई १२ भोल्टको पावर सकेट र आर्म रेस्टको साथमा कपहोल्डर्स पनि छन् ।

कारको आकर्षक र वैज्ञानिक इन्टेरियरले यात्रुलाई ताजा मूडमा रहिरहन सहयोग गर्ने कम्पनीको दावी छ । यसमा थियरटर डि्रमिङ इन्टेरिय ल्याम्पस, भेन्टी मिरर लगायत फिचर्स पनि छन् । यसमा विभिन्न २४ वटा युटिलिटी स्पेशहरु सिर्जना गरिएका छन् । यसले गाडीमा स-साना सामान राख्न नित्रै सहजिलो हुनेछ ।

आरामदायी र सजिलो यात्रा

टिगोरमा आरामलाई ध्यानमा राखेर स्पीड स्टेबिलिटीको सुविधा दिइएको छ । यात्राको दौरान स्पीड कन्ट्रोलमा राख्दा गाडीमा झड्का लाग्ने छैन । यसको सस्पेन्सन उच्च स्तरीय तवरले बनाइएको छ ।
यो गाडीमा ५ जनाले आरामसँग यात्रा गर्न सक्छन् । लामो यात्रामा निस्कँदा धेरै सामान लैजान कुनै समस्या पनि हुने छैन । किनभने यसमा ४१९ लिटरको बूट स्पेश छ ।

कारमा सिटी र इको गरी दुईवटा ड्राइभ मोडको सुविधा छ । सिटी मोड हेभी ट्राफिकको समयमा यो कार सजिलोसँग चलाउन सकिन्छ । यो मोडमा पनि कम तेल खपत हुने गरी यसको इञ्जिनको विशेष डिजाइन गरिएको छ ।

इको मोडमा कारलाई बढी पावर मिल्ने भएकाले तेल खपत स्वतः कम हुने नै भयो । खराब बाटोमा पनि यसको परफरमेन्स स्मार्ट हुने कम्पनीको दावी छ ।

लक्जरियस सिटले यात्रुलाई आनन्दित र रोमाञ्चित बनाइराख्छ । ड्राइभर एडजेस्टेबल ड्राइभिङ सिट र स्टेयरिङले यसलाई थप कम्फर्टेबल बनाएको छ ।

टाटा टिगोर ६ वटा आकर्षक कलरहरु कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट हृवाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेडमा उपलब्ध छ । कारमा टाटा मोटसर््ले ४ वर्ष वा ७५ हजार किलोमिटर प्रदान गर्ने घोषणा गरेको छ ।

सुरक्षामा दमदार

सेफ्टीको मामिलमा पनि यो कार सबल देखिएको छ । यसमा एयरब्याग, एबीएसका साथमा इबीडी विद सीएससी र कर्नर स्टेबिलिटी लगायतका फिचर्स छन् ।


यसमा डुअल एयर ब्याग सुविधा छ भने फ्रन्ट डिस्क ब्रेकले पनि यात्रालाई सुरक्षित बनाउन सहयोग गर्छ ।

सेन्ट्रल लकिङ, अटो डोर लक, इम्मोब्लिजर लगायतका फिचर्सले यात्रु निश्चिन्त भएर यत्रामा रमाउन सक्छन । फ्रन्ट फग ल्याम्पस् र फलो-मि होम ल्याम्पस् पनि यसमा छ ।

यसमा रिभर्स क्यामेरा, भिडियो प्लेब्याक, भ्वाइस कमाण्ड रिकग्निसन, एसएमएस रिड आउटको सुविधा पनि छ ।

कम्पनीको दावी

टाटा टिगोरको अनावरण समारोहमा बोल्दै टाटा मोटर्स्का इन्टरनेशनल बिजनेश प्रमुख जोनी ओम्मेनले नयाँ पुस्ताको मागहरुलाई ध्यानमा राखेर अत्याधुनिक विशेषताहरुसहित आकर्षक गाडीलाई प्रस्तुत गरिएको बताए ।

‘हामीले कम्प्याक्ट सेडानमा उपलब्ध उत्पादनहरु भन्दा केही फरक चिज निर्माण गर्‍यौं । जसलाई स्टाइल ब्याक भनेर नाम दिइएको छ । टाटा टिगषेर हरेक पटक नयाँ जमानाको केही भिन्न उत्पादन तयार गर्ने हाम्रो कम्पनीको परम्पराको समेत प्रतिनिधित्व गर्छ’ उनले भने । यसले कम्पनीको पोर्टफोलियो विस्तार भएको उनको भनाइ थियो ।


समारोहमा सिप्रदी ट्रेडिङ प्रालिका सिइओ राजनबाबु श्रेष्ठले टिगोरको इन्डियामा भएको उत्साहजनक विक्रीवितरणको आँकडाले यो टाटा मोटर्स्को महत्वपूर्ण उत्पादन भएको प्रमाणित भइसकेको बताए ।

हृयाच र सेडानबाट बाहिर निस्केर टिगोरले आफैंमा एउटा नयाँ सेग्मेन्ट तयार गरेको र जसलाई स्टाइल ब्याक नामाकरण गरिएको कुरा समेत उनले बताए ।

टिगोरको बाहिरी बनावट एक्प्रेसिभ, एक्साइटिङ र एक्टा्रअर्डिनरी तरिकाले डिजाइन गरिएको उनले बताए । चुस्त एबम् डाइनेमिक डिजाइनले युवापुस्ताको अनुभवहरुलाई संगाल्ने कम्पनीले विश्वासश गरेको छ ।

टिगोर सार्वजिनक गरिँदाको भिडियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment