Comments Add Comment

कैलालीका १०३ जनाले मरणोपरान्त आँखा दान गरे

 

२५ साउन, कैलाली । धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडलगायत कैलालीका १०३ नागरिकले मरणोपरान्त आँखा दान गरेका छन् ।

नेपाल नेत्र ज्योति संघ कैलालीको सहयोगमा नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ६ कैलालीले आयोजना गरेको नेत्रदान कार्यक्रममा एक सय तीन जनाले मरणोपरान्त आँखा दान गरेका हुन् ।

सांसद पुस्करनाथ ओझाले आँखादान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । उनि दोस्रो संविधान सभाको चुनावमा कैलाली क्षेत्र नम्बर ६ बाट वियजी सांसद हुन ।

आँखा दान कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप ओडलेसमेत आँखा दान गरेको नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ६ का सभापति गजेन्द्र विक्रम शाहीले बताए ।

उनले अँखादान कार्यक्रममा १ सय ३ जनाले आँखा दान गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment