Comments Add Comment

मेलम्चीमा प्रधानमन्त्री देउवा, काठमाडौंबासीको सपना छिटो पूरा गर्न निर्देशन

२५ साउन, सिन्धुपाल्चोक । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्दै कार्यप्रगतिको वि्रफिङ लिएका छन् ।

विभागीयमन्त्रीसहित बुधबार हेलिकोप्टर चढेर मेलम्ची पुगेका देउवाले आयोजनाको इन्टेक ड्याम र सुरुङको अवलोकन गरे । उनले सुरुङभित्रै पैदल हिँडेर पनि अवलोकन गरेका थिए ।

मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको २० वर्षदेखिको सपना भएको भन्दै उनले छिटो पूरा गर्न आयोजना र ठेकेदार कम्पनीका अधिकारीलाई निर्देशन पनि दिएका छन् । उनले भने, ‘अब यो आयोजनालाई जतिसक्दो छिटो पूरा गरेर त्यो सपना साकार पार्नुपर्छ ।’

कांग्रेस संस्थापक नेता कृष्णप्रसाद भट्टराईको परिकल्पनामा मेलम्चीको पानी काठमाडौं लैजाने गरी आयोजनाको खाका कोरिएको स्मरण गर्दै उनले छिटो काम सम्पन्न गर्न सरकारले जुनसकै सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले भनेका छन्, ‘तर विभिन्न बहाना बनाएर काममा ढिलाई नगर्नूहोस्, यो आयोजना काठमाडौंको सपनासँग जोडिएको आयोजना हो ।’

प्रधानमन्त्रीले मेलम्चीको सुरुङ खन्नमा देखिएको ढिलाईप्रति चासो व्यक्त गरेका छन् । साथै तोकिएको समयभित्र काम सम्पन्न नगर्नेलाई सरकारले कारवाही गर्ने चेतावनी दिए । ‘यो आयोजना नेपालकै गौरवको आयोजना हो,’ उनले भने, ‘यसलाई समयमा सम्पन्न गरेर यस वर्षकै सुक्खायाममा पानीको हाहाकार हटाउनु पर्छ ।’

मेलम्चीलगायत राष्ट्रिय गौरवका आयोजनााई तीव्रता दिन छुट्टै सहजीकरण प्रक्रिया र कानूनी झण्झट हटाउने गरी ऐन संशोधन गर्ने तयारी गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment