
२७ जेठ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा ५ जनाको हत्यामा संलग्नता रहेको भनिएका व्यक्ति बेहोस भएका छन् । बञ्चरो प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेका सुर्खेतका झसेन्द्र सिंजाली बेहोस भएका हुन् ।
उनलाई अहिले तिलोत्तमाको प्रिन्सन अस्पताल भर्ना गरिएको प्रदेश नं. ५ का प्रहरी प्रमुख डीआईजी रविन्द्र धानुकले अनलाइनखबरलाई बताए ।
उनका अनुसार मंगलबार बिहान अपराधस्थलबाट भाग्दै गर्दा सिंजालीलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए । त्यसपछि नै उनी बेहोस भएको अधिकृतहरुको भनाइ छ ।
घटनामा गाई फार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, पोखराज मुसहर, करण चौधरी र आशिष चौधरीले ज्यान गुमाएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ ।
आरोपित सिंजाली सामान्य भएपछि बयान लिने प्रहरीको तयारी छ । त्यसपछि नै हत्याको कारणबारे खुल्नेछ ।
हालसम्म प्राप्त जानकारी अनुसार सिंजालीसहित सबै जना सोही फार्ममा कार्यरत थिए । सिंजाली लागूऔषध दुर्व्यसनी पनि भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4