
२७ जेठ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, कान्छी बजार नजिकको मैनहवा गाउँमा भएको सामूहिक हत्यामा ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करण चौधरी र आशिष चौधरी छन् ।
उनीहरुमध्ये माधव र जानकी श्रीमान–श्रीमती भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डीएसपी खड्गबहादुर खत्रीले अनलाइनखबरलाई बताए । उनका अनुसार घटनाको थप अनुसन्धान जारी छ ।
गएराति बञ्चरो प्रहार गरी उनीहरुको हत्या भएको थियो । घटनाको विषयमा थप अनुसन्धान जारी छ ।
याे पनि पढ्नुस्
गाउँलेले घेरेपछि बेहोस भए रुपन्देही सामूहिक हत्याकाण्डका आरोपित
रुपन्देही हत्याकाण्डका आरोपितको बयान – मलाई दुःख दिएपछि फरुवाले हानेँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4