Comments Add Comment

रुपन्देहीको तिलोत्तमामा पाँच जनाको हत्या

२७ जेठ, काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।

गएराति सुर्खेतका एक जना व्यक्तिले स्थानीय रामबहादुर पुनको गाई फार्ममा कार्यरत ५ जनालाई हत्या गरेका हुन् । हत्या हुनेहरुमा चार पुरुष र एक महिला छन् । उनीहरु सबै स्थानीय हुन् । मृतकहरुमा माधव मुसहर,जानकी मुसहर, करण चौधरी, आशिष चौधरी, पोषराज मुसहर हुन् ।

गाई फार्ममा ६ जना कामदार थिए । एकजना भुसभित्र लुकेको अवस्थामा फेला परेको र उनी अचेत रहेकाले उपचारका लागि अस्पताल पुर्याइएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताए । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको एसपी थापाले बताए ।

घटनाबारे बिहानै स्थानीयले खबर दिएपछि मंगलापुर प्रहरी चौकीबाट टोली अपराधस्थलमा पुगेको थियो । त्यसपछि सुर्खेतका झसेन्द्र सिंजालीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीका प्रहरी प्रमुख एसपी थापाले पनि अनलाइनखबरसँग कुरा गर्दै एक जनालाई पक्राउ गरिएको पुष्टि गरेका छन् । यद्यपि, उनले पक्राउ परेका व्यक्तिको परिचय खुलाएनन् ।

स्रोतका अनुसार सिजापती लागू औषध दुर्व्यसनी हुन् । थप अनुसन्धान भइरहेको थापाले बताए ।

याे पनि पढ्नुस्

गाउँलेले घेरेपछि बेहोस भए रुपन्देही सामूहिक हत्याकाण्डका आरोपित

रुपन्देहीमा सामूहिक हत्या भएकाको सनाखत

रुपन्देही हत्याकाण्डका आरोपितको बयान – मलाई दुःख दिएपछि फरुवाले हानेँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment