+
+
Shares

एमसीसीबारे छलफल गर्न बोलाइएको नेकपा बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २७ गते १५:१२

२७ जेठ, काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभामा बजेट पारित गर्नुअघि मन्त्रीहरूले जवाफ दिने क्रम जारी रहेकाले बैठक स्थगित भएको नेकपाले जनाएको छ । नेकपा महासचिव विष्णु पौडेलले संसदको छलफल लम्बिएकाले बैठक सरेको र दुई अध्यक्षले नयाँ मिति तय गर्ने बताए ।

आइतबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बोलाइएको थियो ।संसदको यसै अधिवेशनमा एमसीसी पारित गर्ने वा नगर्ने भन्ने टुङ‍्गो लगाउन नेकपामाथि दबाब छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ। पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ।

एमसीसीबारे छलफल गरेर पारित गर्ने वा नगर्ने निर्णयमा पुग्न बोलाइएको सचिवालय बैठक समय नमिलेका कारण स्थगित भएको नेताहरूले बताएका छन्।

पछिल्लो समय प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमसीसी शेरबहादुर देउवा र प्रचण्डले सम्झौता गरेको भन्दै यसलाई पारित गराउन शक्ति लगाउने पक्षमा छैनन् । उनले पार्टीले यसबारेमा सहमतिका साथ निर्णय गर्ने बताएका छन् । सचिवालयको अर्को बैठकको मिति तोकिएको छैन ।

दुई अध्यक्षबीच एउटा समझदारी भएर त्यसलाई पार्टी बैठकका ल्याउन कतिपय नेताले सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?