Comments Add Comment

अमिनको ३३ ठाउँमा जग्गा, सात करोड १७ लाख सम्पत्ति !

अख्तियारद्वारा भ्रष्टाचार मुद्धा दायर

२७ जेठ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका तत्कालिन सर्भेक्षक (अमिन) राजेन्द्र काफ्लेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२०५४ पुस १ गतेदेखि २०७६ वैशाख ३० गतेसम्मको जागिर अवधिमा उनले ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा भ्रष्टाचार गरेको अख्तियारको दावी छ ।

काफ्लेले जागिरको अवधिमा भक्तपुर र काभ्रे जिल्लामा आफू र श्रीमती सुशीला काफ्लेको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेका थिए ।

त्यस क्रममा रजिस्ट्रेसन लिखतमा वास्तविक भुक्तानी मूल्य भन्दा न्युन रकम देखाई जग्गाधनीहरुबाट वास्तविक कारोबारको रकम भुक्तानी लिएको जग्गा बिक्रेताको बयान र बैंक स्टेटमेन्टबाट देखिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।

काफ्लेको जागिर अवधिमा १ करोड ७४ लाख १४ हजार ५० रुपैयाँ ८४ पैसा वैध आय हुनेमा उनको कुल सम्पत्ति ७ करोड १७ लाख ४१ हजार १ सय ५० रुपैयाँ ८३ पैसा देखिएको अख्तियारले बताएको छ ।

अख्तियारले काफ्लेविरुद्ध ५ करोड ४३ लाख २७ हजार ९९ रुपैयाँ ९९ पैसा विगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन २०१७ र भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरेको छ ।

त्यस्तै काफ्ले र उनकी पत्नी सुशीलाको नाममा रहेको चल अचल सम्पत्ति र त्यसले बढे बढाएको सम्पत्तिको ब्याजसमेत अुसल गर्न माग गरेको छ । अख्तियारले उनीकी पत्नी सुशीलाको नाममा रहेको स्रोत नखुलेको सम्पत्ति जफत गर्न पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment