Comments Add Comment

आज अस्ट्रेलिया र भोलि यूएईबाट आउँदैछन् उद्धार गरिएका नेपाली

फाइल तस्वीर

२७ जेठ, काठमाडौं । विदेशमा अलपत्र परेका व्यक्तिलाई उद्धार गर्ने नीति अनुरुप मंगलबार बेलुकी अस्ट्रेलियाबाट नेपाली नागरिक आउँदैछन् । नेपाल एयरलाइन्समार्फत साँझ ११ जना नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसपछि नेपाली सेनाले उनीहरूलाई उपत्यकामा तयार गरिएका ९ वटा होल्डिङ सेन्टरमध्ये एउटामा राख्नेछ ।

होल्डिङ सेन्टरमा प्रदेशगत रुपमा राख्ने तयारी सेनाले गरे पनि उद्धार गरिने व्यक्तिको संख्या न्यून भएकाले एउटै सेन्टरमा राखेर प्रदेशमा क्वारेन्टिनमा पठाउने गरी व्यवस्थापन गरिने सैनिक स्रोतको भनाइ छ ।

बुधबार यूएईबाट दुई वटा उडान हुने सैनिक स्रोतको भनाइ छ । यसअघि २३ जेठमा यूएईमा अलपत्र १६९ जना काठमाडौं आएका थिए । त्यसबेला यूएईस्थित नेपाली दूतावासले तोकेको सूचीका व्यक्तिभन्दा फरक व्यक्ति काठमाडौं आएपछि विवाद पनि भएको थियो ।

उडान भाडालाई लिएर विवाद भएका बेला दुई वटा निजी कम्पनीले नेपालीलाई काठमाडौं पठाइदिएको थियो ।

बुधबार आउने विमानमा दूतावासको सूचीअनुसारका तीन सयदेखि चार सय जना व्यक्ति नेपाल आउने जनाइएको छ । उनीहरूलाई त्यहीँ कोरोना भाइरसको पीसीआर परीक्षण गर्न भनिएको छ ।

नेपालमा आएर उनीहरूलाई सम्बन्धित प्रदेशको क्वारेन्टिनमा १४ दिन राखिनेछ ।

यो पनि पढ्नुहोस सरकारको ‘उद्धार सूची’ देखेर दूतावासका कर्मचारी ट्वाँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment