Comments Add Comment

अरुका छोराछोरी फिल्ममा, आमिर खानका छोरा नाटक खेल्दै

बलिउडका ठूला स्टारका सन्तानले प्राय फिल्ममा नै आफ्नो स्थान बनाउन खोज्छन् । उनीहरुलाई फिल्ममा डेब्यू गर्नलाई पनि खासै कठिन हुँदैन ।

तर, सुपरस्टार आमिर खानका जेठा छोरा जुनैदले फरक विधामा ‘ट्राइ’ मार्दैछन् । उनी अभिनयमा डेब्यू त गर्दैछन् तर फिल्मबाट नभएर नाटकबाट । १० दिनपछि उनले खेलेको नाटक मञ्चन हुँदैछ ।

यो नाटकलाई निर्देशक कासर थाकोरे पदमासीले निर्देशन गरेका छन् । पदमासीले एक अन्तरवार्तामा बताए कि उनले आमिर खानको छोरा भएकाले जुनैदलाई नाटकमा लिएका होइनन् । आमिरले छोरालाई खेलाउन आफूलाई कुनै सोर्स पनि नलगाएको उनले जानकारी दिए ।

‘यो नाटकका लागि हामीले ओपन अडिसन राखेका थियौं । जुनैद त्यहीँ आए । उनले आफू एउटा ड्रामा स्कुलबाट आएको र आफूसँग राम्रा राम्रा आइडियाहरु रहेको बताए । म उनको कुराबाट प्रभावित बनेँ,’ पदमासीले भने ।

उनका अनुसार जुनैदले नाटकका लागि निकै मिहिनेत गरिरहेका छन् । उनी रिहर्सलमा अरुभन्दा चाँडै आउँछन् र ढिलोसम्म बस्छन् ।
जुनैदले एचआर कलेजबाट आफ्नो ग्राजुयसन सकेका थिए । त्यसपछि उनी थप अध्ययनका लागि अमेरिका गए । अब हेर्नु छ कि उनले आफूलाई नाटकमै अभ्यस्त बनाउछन् कि चाँडै फिल्ममा हाम्फाल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment