Comments Add Comment

अनेसास जापानको ४१औं साहित्य कृति ‘जापानमा नेपाली कवि र कविता’ बिमोचन

१५ अगष्ट, टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको ४१औं साहित्य श्रृङखला ‘जापानमा नेपाली कवि र कविता’ कृति विमोचन गरिएको छ ।

हरेक तीन-तीन महिनामा आयोजना गरिने कार्यक्रम अन्र्तगत विविध साहित्य श्रृजनासहित कृति विमोचन गरिएको हो ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, अनेसास नेपालका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, उपप्राध्यापक तथा चितवन साहित्य परिषदका अध्यक्ष सेरेन्ऽ अस्तफल, अनेसास केन्ऽीय उपाध्यक्ष प्रकाश पौडेल माईला, अनेसास जापानका अध्यक्ष विष्णुप्रसाद घिमिरे, एनआरएनए जापानका पूर्व अध्यक्ष रोशन केसी एवं एनआरएनए जापानका महासचिव अनुज थापाले एकैसाथ कृतिको विमोचन गरेका थिए ।

कृतिमा जापानमा रहेका १०६ जना नेपाली स्रष्टाहरुको कविता संग्रह गरिएको छ । यस्तै सोही अवसरमा अनेसास सदस्य समेत रहेकी जीवन अर्यालको तीज गीत ‘परदेशी’ समेत विमोचन गरिएको थियो ।

कार्यक्रममा गिरिजा गैरे, दिप पाठक, शरदकुमार गौचन, विमान किराती, रविन शर्मा, संगीता कुँवर, सुमित गिरी, दिपा घिमिरे, सिएम मरहठ्ठा, राजेन्ऽ पौडेल, राजनकुमार पौडेल, लोकनाथ अधिकारी, भुवन रोक्का, अरुण पौडेल, अर्जुन दृष्टि लगायतले साहित्य सृजना वाचन गरेका थिए ।

मिनराज वास्तोला, शेखर विकल्प, जीवन अर्याल, श्रवण सत्याल, हेमन्त गिरी, ऋतुकुमार दुरा, भगवती उप्रेती, प्रेमिला गौचन, सरिता ढकाल, मन्जु गिरी, उदय रोनोहोछा, वेलुकाजी थापा, प्रकाश पौडेल माईला, पिताम्वर चापागाई पदमपानी, प्रकृति फुयाल, विशाल रेग्मी, ज्वाला संग्रौला, अनुज थापा, सुदन थापा, विष्णुप्रसाद घिमिरे, आलोक चालिसे, दिनेशराज ज्ञवाली लगायतले पनि आफ्ना साहित्य सृजना वाचन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment