Comments Add Comment

बाढीमा मृत्यु भएकाको परिवारलाई ५ लाख दिनूः अर्थसमिति

फाइल तस्वीर

१ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको अर्थ समितिले बाढि, पहिरो र डुबान पीडितलाई तत्काल उद्धार गर्न सरकारलाई सचेत गराएको छ ।

सीमतिको बिहीबार बसेको बैठकले पीडितको उद्धार कार्यमा ढिलाई नगर्न सरकारलाई सचेत गराएको हो । बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्धार, राहत र पुनर्वासको व्यवस्थालाई युद्धस्तरमा अघि बढाउन राष्ट्रिय विपत्ति घोषणा गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

पीडितको राहत, उद्धार र पुनर्वासको कामलाई युद्धस्तरमा अघि बढाउन पनि सरकारलाई राष्ट्रिय विपत्ति घोषणा गर्न निर्देशन दिने निर्णय गरिएको समितिका सभापति प्रकाश ज्वालाले जानकारी दिए ।

अर्थ समितिले बाढि, पहिरो र डुबानबाट मृत्यु भएकाका परिवारलाई ५ लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकमा समितिका सदस्यहरुले राहत वितरणमा अनियमितता हुन नदिन सरकारलाई सचेत गराएका थिए । उनीहरुले भारतले बाँधेको बाँधका कारण तराईमा डुबानको समस्याले गम्भीर रुप लिएको उल्लेख गर्दै समस्या समाधान गर्न सरकारलाई कूटनीतिक पहल गर्न पनि माग गरेका थिए ।

बाढी, पहिरो र डुबानले ठूलो जनधनको क्षति भएपनि पीडितको उद्धार, राहत र पुनर्वासको व्यवस्था गर्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको समितिको निष्कर्ष छ ।

समितिका सदस्यहरुले राहत वितरणको कामलाई एकद्वार प्रणालीबाटै अघि बढाउँदा पीडितले न्याय पाउने धारणा पनि राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment