नेपालयको आर शालामा अंग्रेजी महिनाको अन्तिम शुक्रवार आयोजना हुने गरेको साङ्गीतिक कार्यक्रम पलेंटी श्रृंखलामा यस पटकसंगीतकार आभासले गायिका मीना निरौला मार्फत् आफ्ना सृजनाहरू प्रस्तुत गर्ने भएका छन् ।
नेपाली चलचित्र संगीतमा अहिले चर्चित मीना निरौला झण्डै एक दशक पहिलेदेखि पलेँटीसित आवद्ध रहेकी गायिका हुन् । मीनाले यसभन्दापहिले सुप्रसिद्ध गीतकार रत्न शमशेर थापा, किरण खरेल, राममान तृषित, दिनेश अधिकारी र मुर्धन्य संगीतकार अम्बर गुरूङ, शान्तिठटाल लगायत सँग अरू दर्जनौं पलेँटीमा आफ्नो सहगायन प्रस्तुत गरिसकेकी छन् । यसपालीको पलेँटी भने मीनाको एकल गायनकोपहिलो पलेँटी हुनेछ ।
मीनाले सन् २००७ मा शान्तनुकुमार लिम्बुको पलेँटीमा आफैँले स्वरदिएको एउटा मनिपुरी चलचित्रको गीत शान्तनुकासाथ प्रस्तुत गरिन् ।भाषा नबुझ्ने त्यो गीतको गायकी सुनेर हामी मीनाको प्रसंशक भएको हो ।’ संयोजक आभासले मीनाको पलेँटी प्रवेशको विगत सम्झिए ।मीना बहुआयामिक स्वर भएकी प्रतिभाशाली गायिका हुन् ।’ आभासले उनको गायकीको प्रसंशा गरे ।
आभासले यसपालीको पलेँटीमा गायिका मीना निरौलाका निम्ति नयाँ र पुराना गरेर झण्डै १६ वटा गीत छानेका छन् । केही युगल गीत पनिरहने छन् जसलाई आभास आफैँले मीनाका साथ प्रस्तुत गर्ने छन् ।
यासपालीको पलेँटीका निम्ति छानिएका गीतमा वैरागी काईंला, मञ्जुल,दिनेश अधिकारी, श्रवण मुकारुङ र आभासका शब्दहरू रहेका छन् । संगीतकार आभासले मीनाकै स्वरका लागि सृजना गरेका नयाँगीतहरू पनि यसपालीको पलेँटीमा पहिलोपल्ट प्रस्तुत हुनेछन् ।
गायिका मीना निरौला र बेनुका राईलाई साथमा लिएर संगीतकार आभासले केही महिना पहिले तीन दर्जनभन्दा धेरै बालगीतहरू रेकर्डगराएका छन् । मीनाले नेपालयले पुस्तकसहित प्रकाशन गर्ने तयारी गरिरहेका बालगीतहरूको केही झलक पनि प्रस्तुत गर्नेछिन् ।
यो महिनाको पलेँटी २५ अगष्ट शुक्रवारको साँझ, सँधै पलेँटी आयोजना गरिने कार्यक्रम स्थल कालिका मार्ग स्थित नेपालयको ’आर’शालामाप्रस्तुत हुनेछ ।
प्रतिक्रिया 4