Comments Add Comment

भत्काइँदै राणकालीन दरबार

३ भदौ, काठमाडौं । सरकारले राणाकालीन दरबार भत्काउन सुरु गरेको छ । पछिल्लो समय सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना एकाइले भूकम्पले क्षतिग्रस्त भएकामध्ये १३ वटा राणाकालीन दरबारको सम्पूर्ण प्रक्रिया पूरा गरी ३ वटा दरबार भत्काएर नयाँ बनाउने र बाँकी रेक्ट्रोफिट गर्ने योजना अघि बढाएको छ ।

एकाइले पुरातत्व विभागको सहमतिअनुसार दरबार भत्काउन र रिक्ट्रोफिट गर्न लागेको हो । एकाइका आयोजना प्रमुख तपेन्द्रबहादुर खड्काले अन्य दरबारको विषयमा अध्यन जारी रहे पनि बालुवाटारस्थित राष्ट्र बैंकको मुख्यालय रहेको सीता भवन र थापाथलीस्थित सिंह महल भत्काउन सुरु गरिसकिएको छ । एकाइले चन्द्र शमशेरको पालामा निर्मित हरिहर भवनसमेत भत्काउने भएको आजको नेपाल समाचारपत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment