Comments Add Comment

व्यापार घाटा ९ खर्ब नाघ्यो, एक वर्षमा ७ खर्ब रेमिट्यान्स

मूल्यवृद्धि ४.५ मा सीमित


५ भदौ, काठमाडौं । गत आर्थिक वर्ष २०७३/७४ मा नेपालबाट ७३ अर्ब रुपैयाँ बराबरको सामान विदेश निकासा हुँदा देशमा ९ खर्ब ९० अर्ब रुपैयाँ बराबरको सामान भित्रिएको छ ।

गत वर्ष निर्यातको तुलनामा आयात बढ्दा देशको व्यापार घाटा ९ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतसँग ५ खर्ब ९२ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको हो । चीनसँग यस्तो व्यापार घाटा १ खर्ब २५ अर्ब रहेको छ भने अन्य मुलुकसँग १ खर्ब ९९ अर्ब रहेको छ ।

रेमिट्यान्स भित्रने दरमा आएको सुस्ति र निर्यात बढेको कारण देशको शोधानान्तर बचत पनि घटेको छ । अघिल्लो आवमा १ खर्ब ४० अर्ब नाफामा रहेको चालु खाता गत आवमा भने १० अर्ब १३ करोडले घाटामा गएको छ । अघिल्लो आवमा १ खर्ब ८८ अर्ब रुपैयाँ शोधानान्तर बचतमा रहेको गत आवमा भने घटेर यस्तो बचत ८२ अर्बमा सिमित छ ।

नेपालको कुल गाहस्र्थ उत्पादन (जीडीपी) को तुलनामा व्यापार घाटा ३५ प्रतिशत रहेको छ । जीडिपीको ३८ प्रतिशत आयात र २.८ प्रतिशत निर्यात भएको देखिन्छ ।

देश भित्र्ने रेमिट्यान्समा भने गत वर्ष ४.६ प्रतिशतले मात्र वृद्धि भएको छ । गत आवमा बैदेशीक रोजगारीमा गएकाहरुले ६ खर्ब ९५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका हुन् । अघिल्लो आवमा भने देशमा ६ खर्ब ६५ अर्ब रेमिट्यान्स भित्रिएको थियो ।

देशमा विदेशी विनिमयको सञ्चिती १० खर्ब ७९ अर्ब रुपैयाँ बराबर रहेको छ । यो अघिल्लो वर्षको तुलनामा ३.९ प्रतिशतले बढेको हो । देशमा रहेको यो सञ्चितीले ११.४ महिनाको बस्तु तथा सेवा आयात धान्ने अवस्था रहेको छ । नेपाल जस्तो कम विकसित देशको लागि यस्तो सञ्चितीले ८ महिनाको बस्तु तथा सेवा आयात धान्नु पर्ने मान्यता रहेको छ ।

त्यस्तै, राष्ट्र बैंकले गत वर्ष २ खर्ब ७३ अर्ब बराबरको भारतीय मुद्रा र ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको डलर खरिद गरेको छ । राष्ट्र बैंकले ४ खर्ब ३५ अर्ब रुपैयाँ बराबरको डलर बिक्री समेत गरेको छ ।

गत आवमा मूल्य वृद्धि पनि ४.५ प्रतिशतमा सिमित भएको छ । भारतको तुलनामा भने नेपालीहरूले औसतमा ४.७ प्रतिशत बढी मूल्य वृद्धि खेप्नु परेको हो । खाद तथा पेय पद्धार्थमा १.९ प्रतिशत र गैर खाद्य तथा सेवामा ६.५ प्रतिशतले महंगी बढेको हो ।

पहाडमा मासिनहरुले सबैभन्दा धेरै ६.४ प्रतिशतको मूल्य वृद्धि व्यहोरेका हुन् । काठमाडौंमा मूलय वृद्धि दर ३.१ प्रतिशत रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment