Comments Add Comment

आइफोन एट सेप्टेम्बर १२ मा !

अनेक चर्चा तथा अड्कलबाजीसँगै सामसुङको ग्यालेक्सी नोट एट सार्वजनिक भएपछि अब ग्याजेटप्रेमीहरुको नजर एप्पलको आइफोन एटमा टिकेको छ । एक समाचार अनुसार अब ग्याजेटप्रेमीहरुले आइफोन एटका लागि पनि धेरै प्रतिक्षा गर्नुपर्नेछैन । आइफोन एट आगामी सेप्टेम्बर १२ तारेखमा सार्वजनिक हुने बताइएको छ ।

आइफोनले सोही मितिमा आफ्नो आइफोन सेभेन एस, आइफोन सेभेन एस प्लस र आइफोन एट स्मार्टफोन सार्वजनिक गर्नेछ । लञ्चिङको एक–डेढ हप्तापछि नै यसको बिक्री सुरु हुनेछ । स्मरण रहोस् एप्पलको परम्परा अनुसार उसले आफ्ना नयाँ फोन मंगलबार वा बुधबार लञ्च गर्ने गर्दछ र शुक्रबारदेखि बिक्री सुरु गर्दछ ।

आइफोन एट लञ्चको सँगसँगै एप्पलले आइओएस ११, म्याक अपरेटिङ सिस्टम हाइ सिएरा, वाच अपरेटिङ सिस्टम फोर, तथा टिभी अपरेटिङ सिस्टम ११, पनि सार्वजनिक गर्नेछ ।

आइफोन एटमा फेस सेन्सर लक तथा इन्डक्टिभ चार्जिङ लगायतका फिचर हुनेछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment