Comments Add Comment

भोजपुरी बोल्दै वीरगन्जका घरदैलोमा निस्किए माधव नेपाल

१२ भदौ, वीरगन्ज । आगामी असोज २ मा निर्धारित स्थानीय तहको निर्वाचन अन्तर्गत बीरगन्ज महानगरपालिकाको चुनाव प्रचार गर्न नेकपा एमालेका बरिस्ठ नेता माधब कुमार नेपाल आफैं उत्रिएका छन् ।

२ नम्बर प्रदेशको चुनावी रणनीति बनाउन केही दिनदेखि एमालेका शीर्ष नेताहरु वीरगन्ज केन्दि्रत छन् । यहि मौकामा बरिष्ठ नेता नेपाल मेयरका उम्मेदवार बसुुरुद्धिन अन्सारी र उपमेयर उम्मेदवार सोफिया आचार्यलाई लिएर घरदैलोमा निस्किएका हुन् ।

वीरगन्जको वडा नम्बर १५ र १६ को घरदैलो तथा चुनाव प्रचारमा सोमवार बिहान नेता नेपाल सहभागी थिए । नेता नेपालले भोजपुरी भाषामा सम्बोधन गरेका थिए । मधेसको विकास एमालेले मात्र गर्ने बताउदै नेपालले भोजपुरीमा भने- एमाले भुलयाबे बाला पार्टी ना ह ।

एमालेले यसअघिनै उम्मेदवार तय गरेर चुनावी अभियान चलाइसकेको छ । नेता नेपाल गृहजिल्ला रौतहटका बाढी पीडितलाई राहत बाँडेपछि बारा र पर्साका चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् ।

उनले सोमबारै नेपाल बुद्धिजीवी परिषद पर्साको एक दिने गोष्ठीमा स्थानीय बुद्धिजीवीसँग अन्तरकृया गरे । बाँकी रहेका उम्मेदवार तय गर्ने तथा चुनावी रणनीति बनाउन कार्यवाहक अध्यक्ष बामदेव गौतम, उपमहासचिव बिष्णु पौडेल लगायतका नेताहरु पनि अहिले वीरगन्जमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment