Comments Add Comment

जापानमा जारी १०औँ नेपाल फेस्टिबलको समापन

२८ अगस्ट, जापान । पर्यटन प्रबर्दनका लागि जापानमा आयोजित दुई दिवसीय १०औँ नेपाल फेस्टिबल आइतबार सम्पन्न भएको छ ।

स्थानीयस्तरमा उत्पादित वस्तुको प्रचारप्रसार गरी नेपालमा पर्यटक प्रबर्दन गर्ने उद्देश्यले टोकियोको उएनोपार्कमा आयोजित नेपाल फेस्टिबलको आइतबार साँझ समापन गरिएको हो ।

मौलिक भाषा, नेपाली कला, संस्कृति र स्थानीयस्तरमा उत्पादित घरायसी वस्तु फेस्टिबलमा राखिएको थियो । त्यस्तै नेपाली खानाका परिकार, स्थानीयस्तरमा उत्पादित सामग्री र नेपाली कला संस्कृति झल्कने लोकभाकाका गीतमा अवलोकनकर्ता रमाएका थिए ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापान र स्थानीय सङ्घसंस्था तथा नेपाली राजदूतावासको संयुक्त आयोजनामा शनिबारदेखि शुरु फेस्टिबलमा दुई लाखभन्दा बढीले अवलोकन गरेको र गत वर्षभन्दा २५ प्रतिशत बढी जापानी नागरिकले मेलाको अवलोकन गरेको आयोजक संस्थाले जनाएको छ ।

४६ वटा कक्षमा नेपाली कला, संस्कृति,पर्यटकीयस्थलको जानकारी नेपाल चिनाउने पथ प्रदर्शनमूलक पुस्तक, नेपाली खानाका रेस्टुराँ, स्थानीय उत्पादन, नेपाली घर, हतियार समाएका मठ मन्दिरका देवीदेवताका मूर्तिमा आकर्षक थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment