Comments Add Comment

जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा अचार्य निर्विरोध

४ सेम्टेम्बर, बार्सिलोना । नेपाली जनप्रगतिशील मञ्च स्पेनको अध्यक्षमा अर्जुन आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार बार्सिलोनामा सम्पन्न मञ्चको दोस्रो अधिबेशनबाट आचार्य अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

यसअघि शनिबार राति भएको निर्वाचन प्रक्रियामा अध्यक्षका लागि चार जनाको उमेद्वारी परेको थियो। आचार्य निवर्तमान कार्यसमितिका महासचिव पनि हुन्।

अध्यक्षका लागि निवर्तमान कार्यसमितिका उपाध्यक्षद्वय यज्ञ नारायाण पौडेल “रमेश”,कृष्णहरी कंडेल र संस्थापक उपाध्यक्ष श्यामप्रसाद खनालको समेत उमेद्वारी परेको थियो।

सुरुआती चरणमा पौडेल र खनालले उमेद्वारी फिर्ता लिए पनि अध्यक्षका लागि कंडेल र आचार्यवीच सहमति जुटाउँन निकै जटिल देखिएको थियो।

अन्त्यमा चितवनको भरतपुर महानगरपालिका बडा नम्बर ४ स्थायी घर भएका आचार्य सर्बसम्मत अध्यक्ष बने।

बिगत ८ बर्ष यता स्पेनमा बस्दै आएका उनि विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय थिए। चितवन समाज स्पेनमा सचिव हुँदै उपाध्यक्षको जिम्मेबारी सम्हालेका आचार्य एनआरएनए स्पेनका पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार समेत हुन् ।

अध्यक्षमा निर्वाचित भए पछि उनले संगठन सुदृढीकरण गर्दै प्रगतिशील बिचारधारा बोक्नेहरुलाई एकै ठाउँमा उभ्याउने प्रयास थाल्ने बताएका छन्।

नबनिर्बाचित अध्यक्ष आचार्यले भने,’स्पेनमा रहेका अन्य संघ संस्थाहरुसँग पनि समन्वय गर्दै समाजलाई एकीकृत गर्दै अगाडि बढाउँनका लागि पनि तत्पर रहने छु।’

यस्तो छ नयाँ कार्यसमिति

नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा सूर्यप्रसाद सापकोटा,सुरेन्द्र चौलागाई र इन्द्रप्रसाद पोखरेल,महासचिवमा अशोक किरण न्यौपाने,सचिव सूर्यप्रसाद सापकोटा ‘धिरज” र कोषाध्यक्षमा सीता भुसाल चयन भएका छन्।

यस्तै कार्यसमिति सदस्यहरुमा दुर्गाप्रसाद गैरे “रामु” ,रीतादेवी शर्मा,आइत तामाङ् र महेन्द्र कंडेल रहेका छन्।

मञ्चले युरोप प्रतिनिधिमा कृष्णहरी कंडेल र संरक्षकमा श्यामप्रसाद खनाललाई चयन गरेको छ।

नेकपा माओवादी केन्द्र राष्ट्रिय महाअधिबेशन आयोजक समिति सदस्य तथा संयुक्त नेपाली मोर्चा युरोपका संयोजक सुरेन्द्र भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो अधिबेशन मञ्चका अध्यक्ष गंगाप्रसाद भुसालको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा स्पेनस्थित विभिनन संघसँस्थाका प्रतिनिधिहरुले शुभकामाना ब्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment